स्वास्थ्यकर्मीको टोली प्रत्येक मतदान स्थलमा परीचानलन हुने

स्वास्थ्यसमाचार/ मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ। स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटाउने भएको हो। मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख तथा मन्त्रालयका सह–प्रवक्ता डा समीर अधिकारीका अनुसार हालसम्म हरेक मतदान केन्द्रमा प्राथमिक उपचार सेवासहित एकजान स्वास्थ्यकर्मी राख्ने र आवश्यकता परेको खण्डमा स्वास्थ्यकर्मीको संख्या बढाउन पनि सकिने बताए। यसरी खटिने स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने, थप अन्य स्वास्थ्य सेवा आवश्यक हुने अवस्था आयो भने नजिकको स्थानीय…