रुरुक्षेत्र गाउँपालिकामा घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने

स्वास्थ्यसमाचार/  रुरुक्षेत्र गाउँपालिकामा घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने भएको छ। उक्त कार्यक्रम संञ्चालनको लागी स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको हो । गाउँपालिकामा कार्तिक देखी सबै घरधुरीमा गई स्वास्थ्य सम्बन्धी तथ्यांकहरु संकलन गर्ने र मंसिरबाट प्रतेक महिनाको २ दिन घर घरमा गई गर्भवती, सुत्केरी, अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने उदेश्यक साथ आज स्वास्थ्यकर्मिलाई अभिमुखीकरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक छत्र अधिकारीले बताए । स्वास्थ्य परिक्षणमा ( प्रेसर जांच, सुगर जाच, पिसाब जाच आदि ) गरि आवश्यक औषधि तथा परामर्श दिईने अधिकारीले बताए। रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञाबलीले पालिका भित्रका…