सर्वोच्च अदालतद्वारा डा भुसालको उम्मेदवारी खारेजीको कारण माग

स्वास्थ्यसमाचार/ सर्वोच्च अदालतले रुपन्देही(२ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको उम्मेदवारी खारेजीको कारण माग गरेको छ । चिकित्साशास्त्रमा नेपाल सरकारको छात्रवृत्तिमा पढ्दै गरेका व्यक्ति निर्वाचनमा उम्मेदवार बनेको भन्ने उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनी उम्मेदवारी कायम राख्न अन्तरिम आदेश माग्दै सर्वोच्च गएका थिए । भुसालको मुद्दामा बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको थियो । उम्मेदवारी खारेज बदर गरी पाउँ भन्ने उनको मागअनुसार अदालतले अन्तरिम आदेश नदिए पनि कात्तिक १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको सर्वोच्चले जनाएको छ । भुसालको पक्षमा अधिवक्ताहरु…

रुपन्देही २ मा डा. निकोलस सहित ३ जनाको उम्मेदवारी खारेज

स्वास्थ्यसमाचार/  रूपन्देहीको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका कमल भुसाल सत्ता गठबन्धनका राजु गुरुङ, र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज भएको छ। तीन जनाविरूद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गरी उम्मेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका कमल भुसाल (डा. निकोलस) विरूद्ध निर्वाचन कार्यालयमा दुइटा उजुरी दर्ता भएको थियो। भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो। त्यस्तै…