भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट केन्द्रीय अस्पताल

स्वास्थ्यसमाचार/ भेरी अस्पताल देशभरकै उत्कृष्ट केन्द्रीय अस्पताल दरिएको छ । सरकारले अस्पतालको गुणस्तर सुधारका लागि तय गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा ६७ अंक ल्याउँदैं भेरी अस्पताल उत्कृष्ट संघीय अस्पतालमा बन्न सफल भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको केन्द्रीय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा भेरी अस्पताल उत्कृष्ट भएको हो ।  मन्त्रालयले न्यूनतम सेवा मापदण्ड मुल्यांकन सार्वजनिक गरेको हो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। वीरेन्द्रबहादुर चन्दले अस्पताल सेवा सुधार, कमजोरी हटाउन भएका प्रयास र सेवा विस्तारजस्ता कारण संघीय अस्पतालहरुमा भेरी उत्कृष्ट बन्न सफल भएको बताए ।

‘यो हामी सबैको टिमवर्क र मेहनतको प्रतिफल हो,’ उनले भने, ‘हामीले अस्पतालमा रहेका कमजोरीहरुलाई हटाएर काम ग¥यौं । न्यूरो सर्विस विस्तार ग¥यौं ।’ पश्चिम नेपालकै प्रमुख अस्पतालमा पर्ने बाँकेस्थित भेरी अस्पतालमा दैनिक ५ देखि ६ सय जनाले सेवा लिन्छन् ।

अस्पतालले शल्यक्रियासहितका २० वटाभन्दा बढी विशेष सेवाहरु प्रदान गरिरहेको छ । यसअघि अघिल्लो मुल्यांकनमा पनि भेरी अस्पताल ६१ अंकसहित सबैभन्दा उत्कृष्ट केन्द्रीय अस्पताल भएको थियो । अस्पताल लगातार दोस्रो पटक पनि सोही सफलता कायम राखेको छ ।

सम्बन्धित शिर्षक :