घरबहाल संघकोे, बृहत रक्तदान कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार /घरबहाल संघकोे, बृहत रक्तदान कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । संघले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दीपक पौडेलले बताएका छन् ।

यस्तै घरबहालका क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि बहसपैरवी गर्दै आएको नेपाल घरबहाल सरोकार संघ रुपन्देहीको ११ औं साधारण सभा तथा ५ औं अधिबेशन आगामी चैत्र २९ गते गर्ने भएको छ।

साथै संघका शाखा कमिटिहरु बुटवल उपमहानगर, सैनामैना, देवदह, तिलोत्तमा, सिद्धार्थनगर र लुम्बिनी नगरपालीकामा नगर भेला गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष खगेन्द्र पौडेलले बताएका छन् ।

रक्तदान कार्यक्रममा नेपाल घरबहाल महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष शंकर कोईराला, सचिव राजु लिगल, जिल्ला अध्यक्ष पौडेल लगाएतले घरबहाल क्षेत्रका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए ।

कार्यक्रममा घरबहाल सरोकार संघलाई थप संगठित र ब्यबस्थित बनाई घरधनी र बहालमा बस्ने दुबै पक्षका घरबहाल पीडितहरुको सहयोगका लागि संघ प्रतिबद्ध भएर लाग्ने उनिहरुले बताएका थिए ।

सम्बन्धित शिर्षक :