कतार च्यारिटीद्धारा लुम्बिनी प्रदेशलाई ८वटा एम्बुलेन्स हस्तारन्तरण

स्वास्थ्यसमाचार/ सन् २०१७ देखि नेपालमा काम गर्दै आइरहेको कतारी संस्था, कतार च्यारिटीले ग्रामिण भेगमा स्वास्थ्य सेवाको पहुँच बढाउन लुम्बिनी प्रदेशलाई आज एक समारोह विच आठ बठा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेश र लुम्बिनी एकिकृत विकास संस्था कपिलवस्तुको सहकार्यमा राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिम ’ख’ बर्गको मापदण्ड पुरा भएको एम्बुलेन्सहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के. सी. को उपस्थितीमा प्रदेशका आठ वटा सरकारी स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरिएको हो ।

ग्रामिण भेगहरुमा अस्पतालहरुको पहुँच टाढा हुँदा बर्षेनी प्रसुतीका बेला महिलाहरु तथा आकस्मिक घटनाका बेला समयमा उपचार नपाएर अकालमा ज्यान गुमाउने संख्या बढ्दो छ, बिपद तथा आकस्मिक समयमा स्वास्थ्य सेवाको पहुँच बढाउन गत माघ १४मा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, लुम्बिनी प्रदेशसंग भएको सम्झौता र मिति २०७८-०५-१६ मा समाज कल्याण परिषद विच भएको लुम्बिनी प्रान्तका दुर्गम गाउँहरूमा स्वास्थ्य सेवा सुविधाको पहुँच बढाउन अस्पतालहरूलाई एम्बुलेन्स सहयोग” परियोजना सम्झौता बमोजिम एम्बुलेन्सहरु प्रदान गरिएको हो ।

यस परियोजनालाई सफल बनाउन सहयोग गर्नु हुने साझेदार संस्था लुम्बिनी एकिकृत विकास संस्था कपिलवस्तु र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, लुम्बिनी प्रदेशका साथै प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय लुम्बिनी प्रदेश, समाज कल्याण परिषद् र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई कतार च्यारिटी यसै मार्फत विषेश आभार प्रकट गर्दछ ।

जिवनलाई जिवन्त बनाउने लक्ष्यका साथ गुणस्तरिय शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ र मानविय सहायता जस्ता क्षेत्रहरु मा  काम गर्दै आइरहेको यस संस्थाले तिन महिना अघि पुस महिनामा नेपालका लागि कतारी राजदुत युसुफ मोहम्मद अलहैलको उपस्थितीमा भैरहवा र बुटवलमा पि.सि. आर. ल्याबका उपकरण तथा आइ सि.यु तथा अपरेसन थिएटरका लागि उपकरण सहयोग गरेको थियो ।

कतार च्यारीटीले विनासकारी महाभुकम्प, बर्षेनी आउने बाढी तथा विश्वव्यापी महामारी कोरोनाका बेला पनि उल्लेखनिय कार्य गरेको छ । कोभिङ प्रतिकार्य अन्तर्गत २०७७ मा ४ वटा जिल्लाको ८० वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो।

सम्बन्धित शिर्षक :