स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजिनामा दिएका छन्।घिमिरेले प्रमुख कार्यकारी अधिकृतको रूपमा आफुलाई नियुक्ति गरिदा उत्साहित भएको बताउदै घटनाक्रमले दलाल बन्ने अवस्थामा पुर्याएको भन्दै राजिनामा दिएका हुन।
लुम्विनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियामै सरकारले डेढ करोड भन्दा बढी राष्टलाई घाटा पुर्याउने गरी ठेक्का प्रक्रिया अगाडी बढाएको समाचार सार्वजनिक भएको थियो। मलाई दलालको पनि दलाल बन्ने अवस्था नआओस भन्ने उदेश्यले राजिनामा दिएको छु घिमिरेले जारी गरेको प्रेस नोटमा उल्लेख गरेका छन्।
घिमिरेले लुम्बिनी प्रदेशको प्रदेश राजधानी देउखुरीलाई एउटा आकर्षक र उन्नत राजधानीको रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको र आफ्नो मन मस्तिष्कले भ्याए सम्म देउखुरी उपत्यकालाई संसारको हेर्न लायक सुन्दर र ब्यवस्थित शहरको रूपमा विकास गर्ने कुरामा सदैव प्रदेश सरकार सङ्ग मिलेर काम कारबाही अगाडि बढाउन इमानदार रही प्रयत्न गरेको भएपनि प्रदेश सरकारको तर्फबाट कुनै सहयोग नभएको संकेत गरेका छन्।
उनले भनेका छन् “म नियुक्त भएर आएदेखि प्रदेश पुर्वाधार विकास प्राधिकरणबाट भएका गतिविधिहरू स्पष्ट छन् लुम्बिनी प्रदेश स्थायी राजधानीको गुरुयोजना निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको छ साथै जग्गा एकीकरण तथा विकास कार्यविधि समेत तयार भैसकेको छ र प्रदेशसभा भवन निर्माण अन्तिम चरणमा छ। मलाई साच्चै ईख थियो राजधानीको निर्माण गर्ने, मेरो कमजोरी भनेको इमानदारीता हो र स्पष्टता हो।
घिमिरेले प्राधिकरणको सर्वोच्च निकाय प्रदेश पूर्वाधार विकास समितिले आफुले असहमती जनाउदा जनाउदै पनि लुम्बिनी प्रादेशिक अस्पतालको वोलपत्र प्रकाशन गरेको र आफुले त्यो बेला नै मिलोमतोको आशंका गरेको उल्लेख गरेका छन्।सुरु मिति देखि केही संकुचित स्फेसिफिकेसन तयार गरेको विषय आएपछी मिलेमतो हुन सक्ने आशंका विच मैले सम्बन्धित निकायलाई पटक पटक अनुरोध गरे हुं । अन्तमा जम्मा २ वटा निर्माण व्यवसायीले मात्रै बोलपत्र दर्ता गरेको सुचित भयो।
हामीले सो दुई वटा निर्माण व्यवसायीलाई हार्डकपी पेश गर्न तीन दिनको समय दिईएको थियो तर दुवै फर्मको हाईकपी लिएर एक जना व्यक्ती दर्ता गर्न आउनु भयो हामीलाई उक्त कार्यले थप मिलोमतोको आशंका पुष्टी गरायो उनले प्रष््टयाएका छन्।
म गम्भिर भै सोचे ७०० करोडको ठेक्कामा प्रतिष्पर्धा हुदा र नहुँदा राज्यलाई करिव १५० करोडको क्षति हुन सक्ने अनुमान सहित “देश प्रति गद्धारी गर्नु भन्दा मान्छे मात्र भएर बस्नु उचित ठाने“ र ठेका रद्द गर्दा दलाल को दलाल“ बन्न नपर्ने निर्णय सहित सार्वजनिक खरिद ऐन २०६३ को दफा २४ बमोजिम लुम्बिनी प्रादेशिक अस्पताल को ठेक्का रद्ध गरिएको छ। उनले प्रेस नोटमा लेखेका छन्।

				
					
			

                            
                            
                            
प्रतिकया दिनुहोस्