लुम्बिनी प्रादेशीक अस्पतालका सटर भत्काएर पर्खाल लगाउन निर्देशन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशीक अस्पताल परिसरमा रहेका सटरहरु भत्काउनको लागी सामाजिक विकास मन्त्रालयले निर्देशन गरेको छ ।

अस्पतालको जग्गामा रहेका ७२ वटा सटरहरु टेण्डर मार्फत भाडामा लगाएको दुई महिनापनि नबित्दै मन्त्रालयले भत्काउन निर्देशन दिएको हो ।
मन्त्रालयबाट निर्देशन आएकाले छिट्टै औपचारीक बैठक बसेर व्यवसायीहरुलाई सुचना दिने अस्पतालका मेडिकल सुपरिटेण्ड डा. कृष्ण खनालले वताए । सटरहरु भत्काएर बाहिरबाट अस्पतालको संरचना प्रष्ट देखीने गरी होंचो पर्खाल लगाइने पर्खाल भित्र बँगैचा बनाएर आकर्षक बनाउने योजना रहेको खनालले बताए ।

गत फागुन २८ गते टेण्डर आवहान भएर जेठ २९ गतेदेखी लागु हुने गरी व्यवसायहीहरुसँग सम्झौता भएको थियो । भरखर टेण्डर सम्झौता गरेर बसेका व्यवसायीहरुलाई खाली गराउन भने कठीन देखीन्छ । फार्मेशीका सञ्चालक हरुले आधिकारीक पत्र नआएको बताएका छन पत्र आयो भने सबै व्यवसायी एक भएर अघि बढ्ने ब्यबसायीको भनाई छ।

७२ वटा सटरहरुबाट प्रादेशीक अस्पताललाई बार्षिक ८ करोड भन्दा बढी आम्दानी हुन्छ । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पताललाई सटरबाट हुने आम्दानी मन्त्रालयले नै उपलब्ध गराउने भएकाले अब सटर राखिराख्न आवश्यक नभएको वताए । ३ महिनाको सुचना दिएर खाली गराउन सकिने व्यवस्था सम्झौतामा नै उल्लेख रहेकाले व्यवसायीलाई हटाउन समस्या नहुने मन्त्री बरालको भनाइ छ ।

मन्त्री बरालले प्रादेशिक अस्पताल विस्तार गर्नको लागि मन्त्रालयले यो निर्णय गरेको बताउँदै अरु पुराना भवनहरु पनि भत्काउने जानकारी दिए।अरु पुराना भवनलाई भत्काएर नयाँ बनाउँछौं । अस्पताललाई विस्तार गछौं’ मन्त्री बरालले भने। पाच नंम्बर प्रदेशकै एकमात्र पुरानो अस्पतालको रुपमा परिचित यो अस्पतालमा दैनीक १ हजार भन्दा बिरामी आउने गरेको अस्पताललेको भनाई रहेको छ ।

सम्बन्धित शिर्षक :