शुद्धोधन १मा रोगको नियन्त्रण तथा रोकथाम सम्बधी अभिमुखीकरण

स्वास्थ्यसमाचार/  लुम्बिनी ग्रामिण बिकास परिषद नेपालको आयोजना शुद्धोधन गाउँपालिका वडा नं १ को आर्थिक सहयोगमा ३ दिने बिभिन्न रोगको नियन्तण तथा रोक थाम समन्धि अभिमुखीकरण तालिम सम्पन्न भयो ।

लुम्बिनी ग्रामिण बिकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षता शुद्धोधन गाउँपालिका वडा नं १ वडा सचिब हिरा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुसालले वोल्दै अहिले बिश्वमा सर्ने भन्दा नसर्ने रोगबाट मानिसको मृत्युदर बढेकोले जनचेतनाका कार्यक्रम आबश्यक रहेकोले वडाले यस्ता कार्यक्रम आयोजना गरेको बताए।

हाम्रो समाजमा अहिलेपनि चेतनाको कमि छ यो चेतनाबाट माथि उठाउन आबश्यक छ सबै तह र तप्कालागेमात्र सम्भब हुने बताउदै स्थानिय सरकार सबैभन्दा नजिकको सरका भएकोले जनताका समस्या छाम्दै घर घरमा पुगेको बताए ।

उनले वडाका सबै टोलबिकास समितिका प्रतिनिधित्व गरि तालिममा सहभागीता गराएको र यो तालिमले स्थानिय स्तरमा राहत हुने बताए ।वडा सचिब भुसालले भने स्थानियहरुको मागको आधारमा यस्ता तालिम आबश्यक भए अझैपनि निरन्तरता दिने बताए। तालिममा सहभागी स्नेहा खातुनले वोल्दै भनिन अहिले सम्म सामान्य रोगसमन्धी जानकारी नभएको र अहिलेको २ दिनेको तालिम निकै उपलब्धी मुलक भएको बताईन ।

उनले अहिले पनि सामाजमा यस्ता खालका तालिम आबश्यक भएकोले वडा गाउँ पालिको ध्यान दिनुपर्ने बताए । उनले स्वास्थ्य समन्धी फरक फरक र नयाँ खालका तालिम आबश्यक भएको बताईन । अर्काे सहभागी मिना रिजालले भनिन स्वास्थ्य समन्धी तालिम स्थानिय स्तरमा कमि भएकोले यस्ता कार्यक्रमम ल्याउन वडा सचिब लाई आग्रह गरिन ।

अर्काे सहभागी गरिमा चौधरीले भनीनन मानिसको सबैभन्दा ठुलो कुरा स्वास्थ्य हो स्थानिय स्तरमा जनचेतना समेन्धी थप कार्यक्रम ल्याउन आबश्यक रहेको छ ।टोलटोलमा अहिलेपनि चेतनाको अभाब छ यस्ता कार्यक्रमबाट जनचेतना फैलाउन सहज हुने भएकोले वडा सचिबलाई भनिन बिकास भनेको चेतनापनि हो पहिले यताबाट लाग्नुपर्ने भएकोले वडा कार्यलयको ध्यान जानुपर्ने बताईन ।

वडा नं १का ९ टोलका स्थानियहरु सहभागी रहेको कार्यक्रममा बोल्दै लुम्बिनी ग्रामिण बिकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालले भने स्थानिय स्तरमा अहिलेपनि स्वास्थ्यसमन्धी चेतनाको अभाब छ एक्लो प्रयासबाट सम्भब नहुने भएकोले सबैको ध्यान जानुपर्ने बताए ।

सम्बन्धित शिर्षक :