रुपन्देहीका ८ नर्सिङ कलेजले यसवर्ष (पिसिएल)को भर्न पाएनन १०० शय्याको अस्पताल अनिवार्य

अस्पताल भएका कलेजलाई मात्र भर्ना खुला गर्ने सरकारको निर्णय

स्वास्थ्यसमाचार /प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ।

परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो। परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सिटिइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले वताए ।

आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ। ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताए ।परिषद् तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन्। ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने सातवटा आंगिक कलेज हुन् ।

रुपन्देहीमा यि कलेजले यसबर्ष (पिसिएल) पठाउन नपाउने

१.एड्भान्स स्टडिज अफ हेल्थ साइन्स, रुपन्देही

२.देउराली जनता प्राविधिक शिक्षालय, रुपन्देही

३. लुम्बिनी इन्स्टिच्यूट अफ टेक्निकल साइन्स, रुपन्देही

४. मायादेवी टेक्निकल कलेज, रुपन्देही (सरकारी, लुम्बिनी अस्पताल)

५.शुभकामना नर्सिड कलेज, रुपन्देही

६..मेडिटेक नर्सिङ कलेज, रुपन्देही

७.अक्सवृज नर्सिड कलेज, रुपन्देही

८. युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड हस्पिटल, रुपन्देही

 

 

सम्बन्धित शिर्षक :