धुर्काेट गाउँपालिकामा बृहत पोषण विशेष क्षमता अभिबृद्धि तालिम शुरु

वासुदेव पोखरेल
स्वास्थ्यसमाचार /धुर्काेट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागी बृहत पोषण विशेष आधारभुत क्षमता अभिबृद्धि तालिम अन्र्तगत पहिलो चरणको कार्यक्रम सुभारम्भ गरिएकोे छ ।

धुर्कोट गाउँपालिका र स्वास्थ्य शाखा बर्बाेट गुल्मीको आयोजनामा७ दिनसम्म सञ्चालन हुने तालिमको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको समुद्दघाटन गरे । उदघाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले गाउँपालिकामा कुपोषणबाट कुनै बच्चाको ज्यान नजाओस भन्ने तरिकाले स्वास्थ्यमा लगानी बढाएको बताए ।

अध्यक्ष पोखरेलले भने हामी अरु क्षेत्रलाई भन्दा बढी स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर कामअघिबढाएका छौ जनतालाई स्वास्थ्य सेवाको सहजरुपमा पाउने तरिकाले सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

कार्यक्रको वारेमा सिअनमी सुनिता सारुले तालिमको बारेमा प्रकाश पारेकी थिईन। कार्यक्रमको सहजिकरण स्वास्थ्य शिक्षा अधिकृत एव्म पोषण विज्ञ लिलाबहादुर नेपालीले गरेका थिए । तालिम उदघाटन समारोहमा उपाध्यक्ष शिबबहादुर खत्री, निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्क थापा, स्वास्थ्य कार्यलय गुल्मीका निमित्त प्रमुख पसुपति आचार्य, परिवार नियोजन सुपरभाइजर गोपाल कार्कि लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनालले गरेका थिए।

तालिममा गाउँपालिका भित्रका स्वास्थ्यकर्मिहरुकोे सहभागिता रहेकोे तालिम मंसिर१ गतेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित शिर्षक :