पृथ्वीचन्द्र अस्पताल नबलपरासीमा एम्बुलेन्स र नयाँ उपकरण सामाजिक विकास मन्त्री द्धारा सुभारम्भ

स्वास्थ्य समाचार/ प्रदेश नं. ५ को सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु सामाधान गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागी परेका वताए ।

पश्चिम नवलपरासीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र नयाँ उपकरण सेवा सुभारम्भ समारोह सम्बोधन गर्दै मन्त्री बरालले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती र समस्याहरु सामाधान गरि स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाउन मन्त्रालयले ठोस योजना लिएकोे बताए ।

अस्पतालबाट संचालन हुने एम्बुलेन्स, भिडियो एक्सरे र डिजिटल एक्सरे सेवाको एक समारोह बिच मन्त्री बरालले उद्दघाटन गरे । आज देखी विरामीहरु अस्पताल ल्याउन अस्पतालको आफनै एम्बुलेन्स संचालनमा आएको छ भने अस्पतालमा भिडियो र डिजिटल एक्सरे सेवा समेत सुचारु भएको अस्पताल संचालक तदर्थ समितिका अध्यक्ष शिव शंकर रायले वताए ।

उनले भने, पछिल्लो समयदेखि अस्पतालमा व्यापक सुधार भएको हाल प्रभावकारी उपचार सेवा प्रदान गर्न अस्पतालमा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, नाक,कान घाँटी रोग विशेषज्ञ र जेनेरल फिजिशियस सहित ४ जना विशेषज्ञ चिकित्कसहरु खटाई अस्पतालमा उपचार सेवा प्रदान गरिरहेको बताए ।

अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको अभावले बाहिर जिल्लामा उपचार गराउनु पर्ने समस्या पुर्ण रुपले हटि सकस्यो अब अस्पतालले यहिबाट प्रभावकारी उपचार सेवा प्रदान गरिरहेको अध्यक्ष रायले जानकारी दिए ।समितिका अध्यक्ष शिव शंकर रायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं सामाजिक विकास मन्त्री शुदर्शन बराल, विशिष्ट अतिथि प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, अतिथि एवं रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, अतिथि एवं प्रमुख जिल्ला अधिकारी लगायले अस्पतालको सेवा प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर अनन्त कुमार शर्माले अस्पतालको अबस्था बारे जानकारी गराउदै प्रदेश सरकार सामाजीक बिकास मन्त्रालय लाई धन्यबाद दिए।

सम्बन्धित शिर्षक :