लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई परिवर्तन गर्ने तयारी

अल्पमतमा परेको सरकारले मेसु परिवर्तन सक्दैन :पुर्व मन्त्री शुदर्शन बराल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई परिवर्तन गर्ने तयारी भएको छ ।प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले डा राजेन्द्र खनाल लाई परिवर्तन गरि नयाँ डा ईन्द्र ढकाललाई मेसु वनाउने तयारी गरेका छन ।

निबर्तमा मेसु डा कृष्ण खनालको स्वतह अबकास पछि नेकपाको सरकारले डा राजेन्द्र खनाललाई प्रदेश सरकारको क्याबिनेटको निर्णयबाट खनाललाई मेसु बनाएको थियो ।के कारणले मेडिकल सुपरिटेन्डेन्ट हटाउन थालिएको भन्ने वारे आधिकारीक जबाफ कसैको आएको छैन ।

उता मेसु डा राजेन्द्र खनालले पनि आफुलाई परिबर्तगर्ने भन्नेबारे हल्ला सुनेको र यसबिषयमा केहि नबोल्ने बताए । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने प्रदेश मुख्यमन्त्री कार्यलयमा  नयाँ मेसु परिर्बतन गर्नको लागी सिफारीस पठाएको वताईएको छ ।

प्रदेश सरकारले डा खनाललाई हटाउन खोजेपनि प्रतिपक्ष गठबन्धनका नेता एबं पुर्व सामाजीक बिकास मन्त्री मन्त्री सुदर्शन बरालले भने अहिलेको बिषम परिस्थीतीमा मेसु परिबर्तन गर्न आबश्यक नभएको बताए ।

अल्पमतमा परेको सरकारले केहि नयाँ नियुक्ती हटाउने राख्ने जस्ता काम गर्न नमिल्ने बताएका छन ।पुर्बमन्त्री सामाजीक बिकास मन्त्री समेत रहेका बरालले भने मुख्यमन्त्रीले समेत राजीनाम देउ भनेर धम्काउने कस्तो परिपाटीहो । उता कोरोना महामारीको बेला नेतृत्व परिबर्तन गर्न नहुने सरोकारवाला हरुको भनाई छ । चिकित्सक संघ लुम्बिनी का अध्यक्ष समेत रहेका डा ईन्द्र ढकालले आफुलाई मेसुको जिम्मेवारी दिई बहन गर्ने बताएका छन।

सम्बन्धित शिर्षक :