युसिएमएसमा बिरामीको उपचारमा लापरबाही : पीडितले गरे क्षतिपूर्ति माग

स्वास्थ्यसमाचार/ भैरहवाका राम जियावन मिश्रले छोराका उपचारको लागि ६ लाख खर्च गरे पनि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजबाट भरपर्दो उपचार नपाएको आरोप लगाएका छन् । बिहिबार मिश्रले पत्रकार सम्मेलनको आयोजना गरि मेडिकल कलेजले छोराको भविष्य बिगारेको आरोप लगाउदै क्षतिपूर्तिको दावी गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर–१२ बस्ने मिश्रले युनिभर्सल मेडिकल कलेजका चिकित्सकले उपचारमा लापरबाही गरेको आरोप लगाएका छन् । १३ वर्षीय छोरा रुपकको कुहिना र नाडीमा भाँचिएको हातको शल्यक्रियाका क्रममा मेडिकल कलेजका चिकित्सकले हेलचेक्र्याइँ गरेको आरोप लगाए । मिश्रका अनुसार २०७८ साल असार २३ गते रुपक घरको छतबाट खसेका…