भैरहवामा शल्यचिकित्सकको तेह्रौं राष्ट्रिय सम्मेलन सुरु

स्वास्थ्यसमाचार /नेपाल शल्य चिकित्सक समाजको १३ औं राष्ट्रिय सम्मेलन बिहिबारदेखि भैरहवामा सुरु भएको छ । कार्तिक २६ गते सम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बांग्लादेशका शल्य चिकित्सक गरि ३ सय बढीले सहभागीता जनाउने आयोजकले बताएका छन् । बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमबारे जानकारी दिईएको छ । नेपाल शल्य चिकित्सक समाजका अध्यक्ष प्रोफेसर डाक्टर सुनिल कुमार शर्मा ढकालले स्वास्थ्य उपचारको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको शल्यक्रिया सम्बन्धमा रहेको खोज, अनुसन्धान, ज्ञान र सिपलाई ठोस रुपमा बिश्लेषण गरि सुविधालाई अझ परिस्कृत र उन्नत बनाउने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बताए ।…