लुम्बिनी प्रादेशिक अस्पतालमा आखाँको ओपीडि सेवा सुरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा आखाँको ओपीडि सेवा सुरु भएको छ । ओपीडि सेवाको लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राई र समिति सदस्य रिज्यु श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरे ।

एउटै अस्पतालबाट सबै सेवा प्रवाह गर्ने गर्दा सबै क्षेत्रका सबै बिरामीलाई राहत होस भन्ने उदेस्यले यो सेवा सुरु गरिएको हो । अस्पतालमा आखा उपचारकेन्द्रको उदघाटन संगै एक वृद्धको आँखाको उपचार गरिएको आखा रोग बिशेषज्ञ डा बिश्व राज तिमल्सीनाले बताए ।

उदघाटन कार्यक्रम बोल्दै अस्पतालका बिकास समितिका अध्यक्ष सुर्य वहादुर भट्राईले अस्पतालका सेवा बिस्तार गर्दे गएको बताए लुम्बिनी प्रादेशिक अस्पतामा सबैसेवा पाउने तरिकाले काम अघि बढाएको वताए ।

अस्पताल का मेसु डा राजेन्द्र खनालले सेवा बिस्तार र नयाँ कार्यक्रम थप गर्दे सेवा दिईएको बताए।

उनले अस्पतालमा अहिले नभएको नयाँ सेवा आँखा भएको थियो अब यो पनि आजबाट सुरु भएको छ।

अरु वाकी सेवापनि थप्दै जाने डा खनालले बताए । कार्यक्रम संञ्चालन अस्पताल प्रशासन प्रमुख बिपीन क्षेत्रीले गरेका थिए ।

यो संगै लुम्बिनी प्रादेशिक अस्पतालमा ११ बिभागकाट सेवा दिदै आएको छ । हाल अस्पतालमा बच्चा वाड, सर्जरी वाड,मेडिशिन वाड,नेप्रो वाड,डेन्टल वाड, प्रशुती वाड,नाककान घाटी वाड, न्युरो वाड, छाला वाड मानसिक वाड, अर्थाे वाड रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :