धुर्काेट गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास

स्वास्थ्यसमाचार/गुल्मी जिल्ला क्षेत्र नं २ का सभासाद गोकर्ण बिष्टले अब प्रत्येक ब्याक्तीको स्वास्थ्य सुरक्षाको सुनिश्चत गर्ने बताए । देशव्यापी रुपमा सुरु भएको ’एक स्थानीय तह(एक अस्पताल’ कार्यक्रमको सुरुवातमा गुल्मी पुगेका पुर्व मन्त्री बिष्टले विभिन्न स्थानीय तहमा १५ शैयाको अस्पतालको भवन शिलान्यास गर्दै यस्तो बताएका हुन् ।

“जनताले कुनै जहाज चार्टर गरेर घुम्न जाने माग राखेका छैनन्” बिष्टले भने, “जनताका आधारभूत आवश्यकता पुरा गर्दै स्वास्थ्य सुरक्षाको सुनिश्चत गर्ने छौं ।” विभिन्न कार्यक्रममा पुगेका बिष्टले अबका सबै कार्यक्रम आर्थिक वृद्धिसँग जोड्नु पर्ने बिष्टको भनाइ छ ।

हरेक जनताका आधारभूत आवश्यकता पुरा गरी प्रत्येक नागरिक आर्थिक वृद्धिमा जोडिएर अगाडि बढेमा देश समृद्ध हुने उनले बताए । पुर्व मन्त्री समेत रहेका बिष्टले सोमबार बिहान जिल्लाको धुर्काेट गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरे । धुर्काेटमा १८ करोड १६ लाखमा अस्पताल बन्ने छ ।

त्यस्तै इस्मा गाउँपालिकामा पनि सोमबार नै १५ शैयाको अस्पतालको भवन शिलान्यास भएको छ । इस्मामा १६ करोड २८ लाखमा अस्पतालको भवन बन्ने छ । इस्मा गाउँपालिकाकोे हस्तिचौरमा हिमालय माध्यमिक विद्यालयमा कृषि प्राविधिक अध्ययनको लागि ४ कोठे भवन पनि शिलान्यास भएको छ ।

प्रदेश सासंद दिनेश पन्थीले अस्पताल बन्नु धेरै महत्त्वपूर्ण कुरा भएकोले सरकारले गरेको यो निर्णयलाई महत्वकासाथ लिन अनुरोध गरे । नेपाल सरकारको एक स्थानीय तह एक अस्पताल कार्यक्रम अन्र्तगत गुल्मीमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली, प्रदेश ५ का सामाजिक विकास मन्त्री शु्दर्सन बराल, प्रदेश सभा सदश्य कमलराज श्रेष्ठ लगायतका नेताहरुले रुरु, कालीगण्डकी, सत्यवती, चन्द्रकोट, छत्रकोट गुल्मीदरवार लगायतका पालीकाहरुमा १५ शैया अस्पताल भवनको शिलान्यास गरेका थिए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :