नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०

उदयपुर र चितवनमा गरी आज एकै दिन १४ जनामा कोरोना संक्रमण

स्वास्थ्यसमाचार / उदयपुर र चितवनमा गरी आज एकै दिन १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो संख्या नेपालमा एकै दिन देखिएको सबैभन्दा धेरै हो । यो संगै कुल संक्रमितको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरमा १२ जना र चितवनमा २ जना गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।यो संगै कुल संक्रमितको संख्या ३० पुगेको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :