अतिरिक्त स्वास्थ्य सचिवका लागि डा. विनोदविन्दु शर्मा र डा.सुधा देवकोटाको नाम सिफारिस

स्वास्थ्यसमाचार/  अतिरिक्त स्वास्थ्य सचिव (१२ औँ तह)मा रिक्त एक पदका लागि नाम सिफारिस गर्न  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले दुई जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार समितिले डा सुधा देवकोटा र डा विनोदविन्दु शर्माको नाम सिफारिस गरेको हो ।डा देवकोटा हाल डडेल्धुरा अस्पतालमा प्रमुख मेडिकल सुपरीटेण्डेन्ट पदमा कार्यरत छिन् । डा शर्मा भने प्रादेशिक स्वास्थ्य तालीम केन्द्र गण्डकी प्रदेशमा निर्देशकको रुपमा कार्यरत छन् ।

यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको समेत नाम अगाडी आईरहेको चर्चा थियो । ‘तर एकदमै झिनो अंकले उहाँ पछि पर्नु भयो । अंकभारमा टप टूको नाम सिफारिस गरिएको हो । डा देवकोटा र डा शर्माको नाम सिफारिस गर्ने निर्णय भएको छ,’ स्रोतले भन्यो ।

गत भदौमा टंक बाराकोटीले राजिनामा दिएपछि सो ठाउमा बढुवा गरी लैजानका लागि योग्यता पुगेकाहरुसंग आवेदन मागिएको थियो । त्यसमा १३ जनाको आवेदन परेको थियो ।सिफारिस भएका दुई जना मध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :