स्वास्थ्य तथा खानेपानी मन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुनको गरगहना रहेको पाइएको छ ।आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।

यसको स्रोत दाइजो, उपहार र आफैंले खरिद गरेको विवरणमा उल्लेख छ ।मन्त्री मेहताको काठमाडौंको सौखेलमा ७ आना जग्गा रहेको उल्लेख छ । यसको स्रोत श्रीमान् र आफ्नो तलबका साथै ऋण रहेको उल्लेख छ ।

मन्त्री मेहताको माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ, सानिमा बैंकमा १० लाख रुपैयाँ र २५ लाख रुपैयाँ हाराहारीको ब्रान्ड आई१० को एउटा गाडी रहेको छ । जुन गाडीको खरिद मूल्य २५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :