प्युठानमा नसर्ने रोगको स्क्रिनिङ्ग : रक्तचाप, मधुमेह र मोटोपनामा चिन्ता

स्वास्थ्य परीक्षण परिणाम: ४०% उच्च रक्तचाप, २०% मधुमेह, २१% युरिन प्रोटिन, ४३% मोटोपना

स्वास्थ्यसमाचार/ प्युठानमा नसर्ने रोगको स्क्रिनिङ्ग अभियान–२०८२ अन्तर्गत ३० वर्षमाथिका जनतामा स्वास्थ्य परीक्षण कार्य तीव्र गतिमा सञ्चालन भएको छ ।

अभियानले जिल्लाभरि स्वास्थ्य सचेतना बढाउने मात्र नभई प्रारम्भिक रोग पत्ता लगाएर समयमै उपचार सुरु गर्ने उद्देश्य राखेको छ।स्वास्थ्य कार्यालयले तोकेको लक्ष्य अनुसार जिल्लाका २१,हजार ६सय १२ जना व्यक्तिहरूको स्क्रिनिङ्ग गर्ने योजना थियो।

अहिले सम्ममा१२हजार ८सय ८४ जनाको परीक्षण सम्पन्न भएको छ, जसले लक्ष्यको करिब ५९.६२ प्रतिशत पुरा गरेको स्वास्थ्य कार्यालय प्रमुख नरेश श्रेष्ठले बताउनु भयो ।“स्क्रिनिङ्ग अभियानले मानिसको स्वास्थ्य स्थितिबारे प्रारम्भिक जानकारी दिन्छ र भविष्यमा हुने गम्भीर रोग रोकथाममा सहयोग पु¥याउँछ।

जाँच गरिएका मध्ये धेरैमा उच्च रक्तचाप, मधुमेह र बढी तौलको समस्या देखिएको छ। यसैले हामीलाई अझ सक्रिय हुन आवश्यक रहेको स्वास्थ्य प्रमुख नरेश श्रेष्ठले भन्नु भयो ”।

स्वास्थ्य परीक्षणका प्रारम्भिक नतिजा अनुसारः जाँच गरिएका मध्ये ४०% व्यक्तिमा उच्च रक्तचाप (Hypertension) को समस्या पाइएको छ। २०% व्यक्तिमा मधुमेह (सुगर) को प्रारम्भिक संकेत देखिएका छन्। २१% मा युरिन प्रोटिन (Urine protein) को समस्या भेटिएको छ, जसले मृगौला सम्बन्धी समस्या हुन सक्ने संकेत दिन्छ।

त्यस्तै ४३% व्यक्तिमा हुनुपर्ने भन्दा बढी तौल (मोटोपना) भेटिएको छ। यी तथ्यांकहरूले स्थानीय समुदायमा जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू बढ्दै गएको संकेत देखिएको बताउनु भयो । अभियानमा सहभागी माया भण्डारी, जो ४५ वर्षकी महिला हुनुहुन्छ उहा भन्नुहुन्छ्, “म पहिला स्वास्थ्य जाँच गर्न कहिल्यै गएको थिइनँ।

यहाँ आएकोले मेरो रक्तचाप र तौलको स्थिति थाहा पाएँ। अब चिकित्सकको सल्लाह अनुसार जीवनशैली परिवर्तन गर्ने योजना बनाएको छु।” अरुलाईपनि एक पटक स्वास्थ्य परिक्षण गर्न सुझाब दिने बताउनु भयो ।

स्वास्थ्य विशेषज्ञहरूले बताए अनुसार, “धेरैजसो व्यक्तिमा खानपान, शारीरिक गतिविधि अभाव र अनियमित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह र मोटोपना बढ्दै गएको छ। प्रारम्भिक जाँचले समयमै उपचार सुरु गर्न र दीर्घकालीन स्वास्थ्य जोखिम कम गर्न मद्दत पुग्ने बताउछन । यो अभियानले धेरै मानिसलाई स्वास्थ्यको बारेमा सचेत बनाएको छ।”

स्वास्थ्य प्रमुख श्रेष्ठ भन्नुहुन्छ नियमित जाँच, खानपान सुधार र व्यायाम अनिवार्य रहेको बताउनु भयो उहाले नसर्ने रोगबाट बचाउने दीर्घकालीन योजना अघि बढाएको बढने समेत बताउनु भयो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :