बुटवलमा CRITIC परियोजना समीक्षा : टीबी नियन्त्रण अझ प्रभावकारी बनाउने लक्ष्य

स्वास्थ्यसमाचार /रुपन्देही र नवलपरासी जिल्लामा टीबी (क्षय रोग) नियन्त्रण कार्यक्रम अझ प्रभावकारी बनाउन आयोजित CRITIC परियोजनाको वार्षिक समीक्षा बैठक बुटवलमा सम्पन्न भएको छ।

टीबी रोकथाम गर्नु र संक्रमित व्यक्तिलाई समयमै उपचार उपलब्ध गराउँदै नेपाललाई टीबीमुक्त बनाउने सरकारी लक्ष्य हासिल गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको हो ।

समीक्षा कार्यक्रममा स्वास्थ्य अधिकारी, स्थानीय प्रतिनिधि, र टीबी संक्रमित व्यक्तिहरू सहभागी भई परियोजनाका उपलब्धि र चुनौतीहरूबारे छलफल गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी रामग्राम नगरपालिकाकी उप–मेयर संझाना चौधरीले टीबी सम्बन्धी सामाजिक कलंक अझै रोकथाम प्रयासमा बाधक बनेको उल्लेख गर्दै, समुदायमा जनचेतना बढाउने कार्यक्रम आवश्यक रहेको वताउनु भयो । उहाले पालिका र जनप्रतिनिहरु सहयोग र सहकार्य गरेर अघि बढने बताउनु भयो ।

अन्तर्राष्ट्रिय टीबी तथा फोक्सो रोग संघ (The Union) का प्राविधिक सल्लाहकार डाक्टर अभिमन्यु सिंहले दुबै जिल्लाका स्थानीय पालिकाहरूले CRITIC परियोजनामा पूर्ण जिम्मेवारी लिएर नेपालमा सफल कार्यान्वयन सुनिश्चित गरेको बताउनु भयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन लाल चौधरीले BNMT नेपालको योगदानको प्रशंसा गर्दै प्रदेशभर टीबी केस पहिचान र latent TB उपचारलाई सुदृढ पार्न यसको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाले अहिले पालिका भनेको जस्तो औषधी अभाब नभएको बताउदै प्रदेशमा भन्डारको समस्याको कारण स्टक राख्न नसकेको बताउदै माग अनुसार औषधी उपलब्ध भएको बताउनु भयो ।

यस्तै राष्ट्रिय टीबी नियन्त्रण केन्द्रका प्रमुख सल्लाहकार डाक्टर नवीन प्रकाश शाहले नेपालमा latent TB कार्यक्रमको इतिहास र CRITIC परियोजनाको अवलोकन प्रस्तुत गर्नु भयो ।

रुपन्देही र नवलपरासीका टीबी focal persons टीकाराम राम अधिकारी र देवकी नन्दन आचार्यले जिल्लामा टीबीको वर्तमान अवस्था प्रस्तुत गर्दै TB Preventive Therapy (TPT) को महत्व र End TB लक्ष्यमा यसको योगदान वारे जानकारी गराउनु भयो । अधिकारीले जिल्लामा भएको समस्या केन्द्रलाई जानकारी गराउदै समस्या सहकार्यको लागी आग्रह समेत गर्नु भयो ।

BNMT नेपालको राष्ट्रिय कार्यक्रम समन्वयकर्ता ज्ञानेन्द्र श्रेष्ठले संस्थाका विभिन्न परियोजनाको संक्षिप्त जानकारी प्रस्तुत गर्नु भयो । उहाले latent TB भएका केही व्यक्तिहरूले १२ हप्ता लामो 3HP उपचार अनुभव, उपचार सहज भएको र अरूलाई पनि सिफारिस गर्नु पर्ने बताउनु भयो ।

समिक्षामा कपिल तिमिल्सेना, PMER विभाग प्रमुख, राष्ट्रिय TB नियन्त्रण केन्द्रले नेपालको TB कार्यक्रमका अद्यावधिक जानकारी, मुख्य चुनौतीहरू र आगामी योजनाहरू प्रस्तुत गर्नु भयो । बैठकले टीबी नियन्त्रण कार्यक्रमको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने र समुदायमा जनचेतना फैलाउने दिशामा योगदान पुग्ने अपेक्षा गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रसाशक उमादेबी थापाको अध्यक्षता सम्पन्न समीक्षा बैठकमा बोल्दै थापाले LTBI (Latent TB Infection) रोकथाममा सफल हुन समन्वित, समुदाय-केन्द्रित र जनमुखी दृष्टिकोण आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रमको संञ्चालन बिवेचना पाण्डेले गर्नु भएको थियो । समिक्षामा नबलपरासी र रुपन्देहीका पालिका स्वास्थ्य प्रमुख असपतालका चिकित्सक लगायका सरोकारबालाहरुको सहभागीता रहेको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :