स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खिमबहादुर सारुले स्वास्थ्य क्षेत्रमा काम नगर्ने र कागजपत्र मात्रै बनाउने प्रवृत्ति बढ्दै गएको बताउनु भएको छ ।स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा भएकोे प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री सारुले यस्तो बताउनु भयो ।
भालुवाडमा भएको समीक्षामा बोल्दै मन्त्री सारुले निर्वाचन वाट आएका जनप्रतिनिधि र लोक सेवा आयोगबाट आएका कर्मचारीप्रति जनतामा असन्तुष्टि देखिएको उल्लेख गर्दै सेवाग्राही मैत्री व्यवहार अपनाउन आग्रह गर्नु भयो ।उहाँले नेता मन्त्री तथा बिशिष्ठहरुको काम छिटो छरितो हुने र त्यहि काम सेवाग्राहीको भन्ने नहुने यस्तो चाकडी प्रबिधि अन्त्य गर्नु पर्ने र सेवा सहज दिनु पर्ने बताउनु भयो ।
मन्त्री सारुले भदौ २२ र २३ गतेको जेन्जी आन्दोलनपछि मन्त्रालयमा भ्रष्टाचारसम्बन्धी उजुरीहरू दैनिक आउने गरेको समेत बताउनु भयो ।उहाँले स्वास्थ्यकर्मी हरूलाई सामाजिक सञ्जालमा सकारात्मक कार्यको प्रचार गर्दै स्वास्थ्य सेवा सहज र सुलभ बनाउन आग्रह गर्नु भयोे। “इच्छा अनुसार होइन, जिम्मेवारीअनुसार काम गरौं,” मन्त्री सारुले भन्नु भयोे।
समीक्षामा बोल्दै उहाँले नर्सिङ र स्वास्थ्यकर्मीहरूले काम गर्ने जस्तै हेजडा भत्ता आमासुरुक्षा भत्ता रेडियशन भत्ता तथा अन्य बिभिन्न सेवा गरेवापत पाउने भत्ता लेखा र प्रशासनले प्रतिशत छुटाउनु पर्ने किन । एक्सरे गर्दा लेखालाई कसरी असर हुन्छ मन्त्रीको प्रश्न थियो ।
समिक्षा कार्यक्रमका अध्यक्ष एबं स्वास्थ्य सचिब दुर्गा लक्ष्मी श्रेष्ठले “डकुमेन्ट डुब्लिकेसन नगर्नुहोस्, बनेको बजेटमा करिब २० प्रतिशत कटौती भएकाले कार्यक्रम सञ्चालनमा केही चुनौती आउन सक्छ।” उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका कमजोर इन्डिकेटरहरू सुधार्न सबै निकायले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनु भयो । सचिब श्रेष्ठले आर्थिक मितव्ययिता र पारदर्शितामा ध्यान दिन समेत आग्रह गर्नु भयो ।
त्यस्तै समीक्षामा प्रदेश योजना आयोगका सचिब खिम बहादुर कुबंर स्वास्थ्य निर्देशनालयका निर्देशक रोशलाल चौधरी स्वास्थ्य मन्त्रालयका प्रबक्ता नोदनारायण चौधरी स्वास्थ्य बिभागका तथ्याकं अधिकृत शिवलाल शर्मा स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख पुष्पा थापा लगायतले बोल्दै उहाँहरुले स्वास्थ्य सेवामा देखिएका चुनौती, इन्डिकेटर सुधारका उपाय र कार्यक्रम कार्यान्वयनमा देखिएका व्यावहारिक समस्याबारे सुझाव दिनु भएको थियो ।
३ दिन सम्म चलेको योजना तर्जुमा तथा समिक्षा कार्यक्रममा जिल्लागत अस्पतालहरुले गरेका काम सुधार गर्नु पर्ने तथा आगामी योजनाका बारेमा आफनो प्रस्तुति गर्नु भएको कार्यक्रमको सञ्चालन ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डे र खोप सुपरभाइजर कुमार थापाले गर्नु भएको थियो । उक्त १६ बुँदे राप्ती घोषणापत्र जारी गरिएको थियो ।




प्रतिकया दिनुहोस्