पाल्पा स्वास्थ्य कार्यालय प्रथम, रोल्पा दोश्रो, र रुकुमपूर्व बन्यो तेश्रो

प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठी

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेशका १२ बटा स्वास्थ कार्यलय मध्ये स्वास्थ्य कार्यालय पाल्पा पहिलो, रोल्पा स्वास्थ्य कार्यालय दोश्रो  र रुकुमपूर्व स्वास्थ्य कार्यालय  तेश्रोभएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत मंगलबार देखि बिहीबार (हिजो)सम्म चलेको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा उक्त जानकारी गराईएको हो ।

स्वास्थ्य कार्यलय पाल्पा लगातार तेश्रो पटक प्रथम स्थान हाँसिल गर्न सफल छ ।स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख टुकराज पोखरेले भन्नु भयो हामीले सेवाको गुणस्तर, डाटा व्यवस्थापन, मानव संशाधन दक्षता, समुदाय सहभागिता, पूर्वाधार र कार्यक्रम कार्यान्वयन जस्ता सूचकहरूले निर्धारण गर्छ त्यसमा रहेर हामीले कार्य गरेका थियौ त्यही अनुसार हामी लगातार तेश्रो बर्ष उत्कृष्ट बनेका छौ यो हाम्रो कार्यलाई निरन्तरता दिदै आगामी बर्षमा पनि उत्कृष्ट बन्ने प्रयासमा रहेको बताउनु भयो ।

उहाले स्वास्थ्यकर्मी, प्रशासन, स्थानीय सरकार र समुदायको सक्रिय भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको समेत बताउनु भयो । पुरस्कृत स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य मन्त्री खेमबहादुर सारु स्वास्थ्य सचिब दुर्गा लक्ष्मी श्रेष्ठले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक :