स्वास्थ्यसमाचार/ ‘जेनजी डक्टर्स एशोसिएसन’ले आइतबार सात बुँदे मागसहित विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप र दलगत भागबण्डाप्रति तीव्र आपत्ति जनाइएको छ।
एशोसिएसनले अस्पताल र मेडिकल कलेजहरू जनताको जीवन रक्षा गर्ने संवेदनशील संस्था भए पनि दलगत स्वार्थ र भागबण्डाको अखडा बनेको दाबी गरेको छ। योग्यता र दक्षतालाई पाखा लगाएर गरिएको राजनीतिक नियुक्तिले चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली गम्भीर संकटमा परेको भन्दै तत्काल सुधारको माग गरिएको छ।
विज्ञप्तिमा स्वास्थ्य क्षेत्रलाई राजनीति–मुक्त क्षेत्र घोषणा गर्नुपर्ने, योग्यता र पारदर्शितामा आधारित नियुक्ति प्रक्रिया लागू गर्नुपर्ने, दल–सम्बद्ध चिकित्सक संगठनहरू विघटन गर्नुपर्ने लगायत सात बुँदे माग सार्वजनिक गरिएको छ।
प्रतिकया दिनुहोस्