कक्षा १२ उत्तीर्णले दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने

स्वास्थ्यसमाचार/सरकारले कक्षा १२ पास गरेका विद्यार्थीलाई दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने कार्यक्रम सुरु गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्‌मा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने बताएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताए । अहिले एसईई पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाइने व्यवस्था छ ।

स्नातकमा ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) तीन र चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालनमा छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :