पुर्व मन्त्री खाणँद्धारा शुद्धोधन वडा नं ६ को स्वास्थ्य चौकी र वडा कार्यालय शिलान्यास

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ मा शनिवार एक विशेष समारोहमा पूर्व गृहमन्त्री बालकृष्ण खाणँले वडा कार्यालय र स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको छ।

समारोहमा बालकृष्ण खाडले उद्घाटन शिलान्यास गर्दे यो नयाँ भवनमा वडा कार्यालय र स्वास्थ्य चौकीले स्थानीय सेवाहरूलाई सहज र सुलभ बनाउने वताउनु भयो । घर दैलोको सरकार स्थानिय सरकाले जनताका भावना अनुसार काम गर्दे आएको खाँणले बताउनु भयो ।

“यो निर्माणको उद्देश्य यहाँका नागरिकहरूको जीव नस्तरलाई सुधार्नु र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु हो। हामी सबै मिलेर यस कार्यलाई सफल बनाउन सबैमा समर्पण र समर्थनको अपेक्षा राख्छौँ“ उहाँले भन्नु भयो ।

यस शिलान्यास समारोहमा गाउँपालिका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, पार्टीका नेताहरू, र गाउँवासीहरूको ठूलो उपस्थिति थियो। गाउँ पालिका अध्यक्ष बिष्णु बस्याल जिल्ला समन्वयन समितिका प्रमुख उमाकान्त चपाई गाउँ पालिका शान्ता देबि ज्ञाबली प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्ती शुद्धोधन वडा नं. ६का वडा अध्यक्ष उपेन्द्र सहानी अन्य वडाका अध्यक्ष  लगायतको सहभागीता रहेको थियो ।

प्रमुख प्रशासकिय अधिकृत घर्तीले १ करोड १९ लाख २४ हजार ३ सय ३९ रुपैयाँको लागतमा नयाँ भवनको निर्माण हुने बताउनु भयो ।

 

सम्बन्धित शिर्षक :