रुपन्देहीको शुद्धोदन वडा नम्बर ५ मा शुन्य होम डेलिभरी क्षेत्र घोषणा

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ५ मा शुन्य होम डेलिभरी क्षेत्र घोषणा गरिएको छ । घरमा सुत्केरी हुने क्रम लगभग अन्त्य भएपछि वडा नम्बर ५ लाई शुन्य होम डेलिभरी घोषणा गरिएको हो ।

एक वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चार पटक गर्भजाँच गरेको गर्भवतीले टिटी खोप लगाएको नियमित रुपमा आइरन चक्की खाएकोलगायतका सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो।

घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई एक कार्यक्रमका बीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको शुद्धोदन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो।

शुद्धोदन गाउँपालिका ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मानपकडी स्वास्थ्य सोयमसेविका मानपकडी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लाई खादा ओढाएर सम्मानपत्र सहित सम्मानित गरिएको थियो।

उक्त कार्यक्रममा श,गा,पा,उपाध्यक्ष शान्तादेवी ज्ञवाली,गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती,शु,गा,पा,४ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक पालिका प्रवक्ता केशव प्रसाद अधिकारी,वडाका विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि स्वास्थ्य सोयमसेविका बुद्धिजीवी,लगायतको उपस्थितिमा सो शुन्य होम डेलिभरी क्षेत्र घोषणा कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित शिर्षक :