पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा आइसीयू सेवा सञ्चालन

स्वास्थ्यसमाचार/ रामग्राम नगरपालिका-५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालमा सघन उपचार सेवा (आइसियू) सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेश सरकारले रू १३ करोड ६६ लाखको लागतमा निर्माण गरेको ५० शय्याको अस्पतालमा यो सेवा शुरू भएको हो।

यसअघि आइसीयू सेवा नहुँदा बिरामीलाई भैरहवा, बुटवल, भरतपुर पठाउनुपर्ने बाध्यता थियो। अब भने नयाँ भवनमा जनरल तथा आर्थोपेडिक सेवा पनि सुरू गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी गोविन्द ज्ञवालीले जानकारी दिए।

अस्पतालमा आइसियूसँगै जनरल सर्जन, एनेस्थेसिया, स्त्रीरोग, डेण्टल सर्जन, ल्याब र नर्सिङ सेवाका विशेषज्ञहरू पठाइएको छ। साथै, केही दिनअघि आँखा विशेषज्ञ पनि आएकाले आँखासम्बन्धी सेवा विस्तारको तयारी भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नुरूल होदाले बताए।

पृथ्वीचन्द्र अस्पतालमा आइसियू सञ्चालनमा आएसँगै चिकित्सक पनि थपिएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए ।

 

 

सम्बन्धित शिर्षक :