स्वास्थ्यसमाचार/ बुटबलमा नगर प्रमुख खेलराज पाण्डेले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नु भएको छ ।
ज्ञानोदय माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर अभियानको शुभारम्भ गर्नु भएको छ ।
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ ।बुटबलमा भने १० हजार किशोरीहरुलाई ८३ स्थानबाट खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनु भयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।
भने मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङक रहेको बताईएको छ ।पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।
प्रतिकया दिनुहोस्