स्वास्थ्यसमाचार /नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको आयोजनामा ६३ औं नर्सिङ दिवस मनाइएको छ। “आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मान जनक कार्य ब्यवस्था” भने नाराका नेपाल नर्सिङ दिवस मनाइएको हो ।
नेपाल नर्सिङ संघको ६३ औं वार्षिकोत्सवमा बोल्दै प्रमुख अतिथी तथा अस्पताल विकास समितका अध्यक्ष अध्यक्ष अजयमान श्रेष्ठले नर्स विना समाजले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने बताउनु भयो उहाले स्वास्थ्य क्षेत्रमा सुधार र नर्सहरूको व्यावसायिक विकासका लागि आवश्यक पहल गर्ने समेत बताउनु भयो ।
नर्सहरूको योगदानलाई अझ प्रभावकारी बनाउन, अस्पताल विकास समितिले नयाँ कार्यक्रमहरू ल्याउने र थप स्रोतसाधन उपलब्ध गराउने योजना रहेको बताउनु भयो ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले नर्सिङ पेसालाई थप सशक्त बनाउँदै , व्यावसायिक क्षमता विकास, प्रतिबद्ध रहेको बताउनु भयो। उहाले अस्पतालको बिकासका लागी सबै हातेमालो गरेर अघि बढन आबश्यक रहेको समेत बताउनु भयो ।अस्पताल विकास समितिको सदस्य लक्ष्मी भट्राईले वोल्दै नर्सहरु स्वास्थ्य गहना भएको बताउनु भयो ।
कार्यक्रममा अस्पताल प्रशासनका शाखा अधिकृत राजन केसीले प्रशासन सबै संग हातेमालो गरेर काम गर्ने बताउनु भयो।
अस्पतालका नर्सिङ प्रमुख नेहा थापाले स्तरीय स्वास्थ्य सेवा पाउन नर्सहरुलाई थप सुविधा दिनु पर्ने बताउनु भयो । उहाले अस्पतालमा पुरानो दरबन्दी अनुसार नर्स रहेको र थप लोड भएको बताउनु भयो । थापाले एक जना नर्सले न्युनतम ६ जना बिरामी हेर्ने तर हामीहरुले ३०भन्दा बढी बिरामीलाई सेवा दिएको जानकारी गराउनु भयो ।
अस्पतालका नर्सिङ अधिकृत ज्योति पौडेलले बिभिन्न महामारी बिच पनि आफनो ज्यानको समेत प्रवाह नगरि काम गर्ने लाई धन्यबाद दिदै कठिन अबस्थामा पनि मुस्कान सहितको सेवा दिईरहेको वताउनु भयो । नर्सहरुलाई बिदेश पलायन हुने अबस्था रोक्न र थप अध्ययनको लागी ब्यबस्था मिलाउनु पर्ने बताउनु भयो ।
नेपाल नर्सिङ संघ लुम्बिनी इकाईका निर्वतमान अध्यक्ष हरि केसीले सेवा र पेसामा आबद्ध नर्सहरु आफनो अधिकारका लागी एकहुनु पर्ने बताउनु भयो । उहाले भिड र चापका बिच पनि नर्सहरुले उत्कृष्ट सेवा दिएको वताउनु भयो ।
नेपाल नर्सिङ संघ लुम्बिनी ईकाई अध्यक्ष बिष्णु खनालले नर्सिङको ईतिहास धेरै पुरानो नभएपनि अहिले यो पेसा अपरिहार्य भएको बताउनु भयो उहाले हेल्थपोष्ट देखी ठुला ठुला अस्पतालमा नर्सिङ बिनाको अस्पताल अहिले कल्पना गर्न नसकिने बताउनु भयो। पहिले भन्दा अहिले नर्सिङ पेसालाई हेर्ने अबस्था परिर्वतन भएको बताउनु भयो ।
संघले यहि माघ १४ गते आयोजना गरेको रक्तदानमा ५० पिन्ट रगत जम्मा भएको थियो ।कार्यक्रममा अस्पतालबाट रिटायर नर्सलाई सम्मान गरिएको थियो । अस्पतालमा कार्यरत नर्सहरुको सहभागीतामा भएको कार्यक्रम नर्सिङ संघ लुम्बिनी ईकाई अध्यक्ष बिष्णु खनालको अध्यक्षता र नर्सिङ संघ लुम्बिनी ईकाई सचिब सिता खनालको सञ्चालनमा भएको थियो।
नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार गएको मङ्सिरसम्म दर्ता भएका नर्सको सङ्ख्या एक लाख २१ हजार छ । तर, सबै जनशक्ति नेपालमा छैनन् । १८ हजार सरकारी र ३२ हजार पाँच सय निजी स्वास्थ्य संस्थामा कार्यरत गरी नर्सको सङ्ख्या ५० हजार पाँच सय छ ।
प्रतिकया दिनुहोस्