स्वास्थ्यसमाचार/मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डा. शक्ति बस्नेतले अब क्रिमसन अस्पतालबाट सेवा प्रवाह गर्ने भएका छन् । यही पौष ३ गतेबाट हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म क्रिमसन अस्पतालमा डा.बस्नेतलाई भेटेर मृगौला सम्बन्धि रोगका विषयमा सेवा तथा परामर्श लिन सकिनेछ ।
अत्याधुनिक सेवा प्रवाह तथा दक्ष चिकित्सकहरुलाई नियुक्त गरेर आफुलाई यस क्षेत्र मै अब्बल बनाउदै आएको क्रिमसनले यही पौष ३ गतेबाट भने डा. बस्नेतलाई नेप्रो अर्थात मृगौला सम्बन्धि समस्याको उपचार र रोग निदानका हेतुले नियुक्ति गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।
बस्यालले स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको उद्देश्यले बिस्तारै मूर्तरुप लिदै गएको बताए । डा शक्ति बस्नेत देश कै चिरपरिचित नेफ्रोलोजिष्ट डाक्टर हुन् । औँलामा गन्न सकिने गरि नेफ्रोलोजिष्ट डाक्टरहरु रहेको नेपाल जस्तो अति कम विकशित देशमा वरिष्ठ नेफ्रोलोजिष्टको रुपमा डा.बस्नेतलाई क्रिमसन अस्पतालमा नियुक्ति गर्न पाउनु सबैका लागी सुखद समाचार भएको बस्यालको भनाई छ ।
ईसं २०१० मा शिक्षा मन्त्रालयको छात्रबृत्ति अन्तर्गत नेप्रो सम्बन्धि अध्ययन गरेपश्चात डा. बस्नेतले नेफ्रोलोजिष्टको रुपमा सेवा प्रवाह गर्न लागेको १४ बर्ष पुरा भयो । राजधानी काठमाण्डौं स्थित बीर अस्पतालको मृगौला रोग विभागमा ५ बर्ष काम गरेको अनुभव सँगालेका डा। बस्नेतले त्यत्ति नै समय सामाजिक कार्य अन्र्तगत नेपाल किड्नी फाउण्डेसनको स्थापना गरि संस्थापक अध्यक्षको हैसियतमा काम गरे ।
मृगौला सम्बन्धि जनचेतना जगाउँदै आएको उक्त संस्थाले अहिले पनि स्थानीय स्तरमा जनचेतना जगाउँदै र मृगौला रोग सम्बन्धि समस्याहरूबाट जोगिने उपाएका विषयमा सचेत बनाउने गरि विभिन्न किसिमका सामाजिक कामहरु गर्दै आइरहेको छ । निरन्तर कर्म गर्ने सिलसिलामा पछिल्लो समय मोफसललाई कार्य थलो बनाएर बुटवल क्षेत्रमा सक्रिय डा. बस्नेतले गौतम बुद्ध मुटु अस्पतालको मृगौला रोग विभागको प्रमुख पदमा रही काम गरेको अनुभव छ भने त्यस लगत्तै ६ बर्षसम्म बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृगौला रोग विभाग स्थापना गरि प्रमुखका रुपमा रही काम गर्दै आएको अनुभव पनि छ ।
मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डा. शक्ति बस्नेतले आफनो अनुभवलाई थप परिष्कृत एवं सेवामैत्री बनाउने उद्देश्यसहित अब तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालबाट समेत सेवा प्रवाह गर्न लागेको बताएका छन् । उनले यही पौष ३ गतेबाट क्रिमसन अस्पतालबाट समेत सेवा प्रवाह गर्ने जनाएका हुन् ।
प्रतिकया दिनुहोस्