नेपालमा २८ आफै २२ डोज नपुराइ र ७० प्रतिशत कडा प्रयोग गर्दछन् एण्टिबायोटिक

स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले एण्टिबायोटिक औषधीहरूको जथाभावी प्रयोगले निकट भविश्यमा मानव स्वास्थ्यमा गंभीर असर देखापर्ने बिश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेको बताए ।

दाङको राप्ती गाउँपालिका–५ सिसहनिया भएको कार्यक्रममा मन्त्री मगरले मेरो स्वास्थ्य–मेरो जिम्मेवारी सम्झेर नागरिकहरुको स्वास्थ्यमाथि ख्याल गरेर मात्र एण्टिबायोटिक औषधीहरूको प्रयोग गर्न आग्रह गरे ।

उनले एण्टिबायोटिक्स प्रयोग गर्ने हुन्न भन्ने मान्यता होईन तर मेडिकल र फार्मेसिहरुबाट आम नागरिकहरुले डाक्टरको सिफारिस विना जथाभावि प्रयोग गर्नाले मानव शरिरमा गंभीर प्रकारका समस्याहरु देखापर्ने गरेको वताए ।

स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले बिश्व स्वास्थ्य संगठनको तथ्यांक बमोजिम नेपालमा २८ प्रतिशत मानिसहरुले आफै मेडिकल र फार्मेसिमा गएर औषधि ल्याउँछन् र उनीहरुले डाक्टरको स्तिलप र सिफारिस बिनै दिन्छन्, २२ प्रतिशत मानिसहरुले एण्टिबायोटिकको डोज नै पुराएर खाँदैनन् भने ७० प्रतिशत मानिसहरुले कडा खालको एण्टिबायोटिक्स औषधीको प्रयोग गर्ने गरेको वताए ।

बिश्व स्वास्थ्य संगठनको योजना बमोजिम नेपाल सरकारले सरोकारवाला सबै सँगको समन्वय सहकार्यमा प्रतिजैविक प्रतिरोध अभियानको कानूनी कार्यान्वयन तर्फ जाने छ–डा उपाध्यायले भने, मानव स्वास्थ्य भन्दा ठूलो ब्यापार हुन सक्दैन । उनले जथाभावी एण्टिबायोटिक प्रयोग रोक्न समुदाय स्तरमा जनचेतना सँग व्यवहार परिवर्तन गर्न आवश्यक रहेको समेत बताए ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले एण्टिबायोटिकको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरहरूका बारेमा आम नागरिकहरु सम्म सचेतना प्रवाह गर्न जरुरी रहेको औंल्याए । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले एण्टिबायोटिक औषधीहरूको जथाभावी प्रयोगले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको ह्रास गराइरहेको भन्दै एण्टी माईक्रोवियल रेसिष्टेन्स अभियान कार्यान्वयन गर्न बिद्यालय तहबाट पाठ्यक्रममै समावेश गरेर सचेतना फैलाउनुपर्ने आवश्यकता आइसकेको बताए ।

कार्यक्रममा मानिस, कृषि, पशु र वातावरणमा प्रयोग हुने बिषादी तथा एण्टिबायोटिक्सहरुले सिधै मानव शरिरमा गंभीर असर पुर्ई रहेकोले डाक्टरको स्लिप र सिफारिस विना सरोकारवालाहरुले जथाभावि एण्टिबायोटिक्स औषधीहरु नदिन र नागरिकहरुले पनि चिकित्सकको सिफारिस विना एण्टिबायोटिक औषधीहरूको प्रयोग नगर्न नगराउन कार्यक्रममा आग्रह गरिएको हो । प्रतिजैविक प्रतिरोध अभियानलाई आम नागरिकहरु र सरोकारवालाहरुले गंभीर रुपमा लिन कार्यक्रममा आग्रह गरिएको हो ।

बुझौं, बुझाऔँ आजैबाट रोकथाममा जुटौं भन्ने मुल नाराका साथ आइतबार बिश्व स्वास्थ्य संगठनको समन्वयमा प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह समापन भएको थियो।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका डा. अच्युत न्यौपाने, प्रशासक नोदनारायण चौधरी, बरिष्ठ नर्सिङ अधिकृत चित्रा खनाल, लमही र राप्ती गाउँपालिकाका प्रमुखहरु, स्वास्थ्य संयोजकहरू, कृषि तथा कृषि शाखाका प्रमुखहरु, स्वास्थ्य चौकीका प्रमुख, बिश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु, चिकित्सकहरु पत्रकारहरु तथा फार्मेसी र औषधी व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ नर्सिङ अधिकृत चित्रा खनालले गरेकी थिइन् ।

सम्बन्धित शिर्षक :