स्वास्थ्यसमाचार/बुटवलको कालिका मानव ज्ञान माविका ६४ जना विद्यार्थीले सरकारद्वारा सञ्चालित स्नातक तह अन्तर्गतका विभिन्न संकायमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । एमबीबीएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खुल्ला प्रतिर्स्पर्धामा एउटै विद्यालयमा पूर्ण छात्रवृत्तिमा एमबीबीएसतर्फ धेरै जनाले नाम निकाल्ने कालिका पहिलो स्कूल भएको दाबी गरे । यस्ता विभिन्न उपलब्धि हरेक वर्ष हासिल गर्दै आएको उनले बताए ।
एमबीबीएस, बीडीएस, अप्टोमेट्री, बी फर्मा, एग्रिकल्चर, बीएस्सी नर्सिङ, एमबीए, एलटीई र इन्जिनियरिङको स्नातक तह अन्तर्गत पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका अध्यक्षनित्यानन्द ज्ञवालीले जानकारी दिए । अध्यक्ष ज्ञवालीले कालिका हरेक हिसाबले देशकै अब्बल सामुदायिक रहेको बताउँदै यसलाई सधैं निरन्तरताको आवश्यक रहेको बताए ।
कालिकाले एसईई परीक्षामा चार जीपीए ल्याएर उत्तीर्ण भएका छन् ।वडा नम्बर १० का वडा सदस्य यमुना विश्वविद्यालयका गरेको हरेक सफलताको प्रचार–प्रचास आवश्यक रहेकोमा जोड दिइन् ।कालिकामा ८ हजार विद्यार्थी अध्ययनरत छन् ।
प्रतिकया दिनुहोस्