एक वर्षदेखि रोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीको तलब निकासा

स्वास्थ्यसमाचार/लामो समयदेखि तलब भत्ता नपाएका २ सय ३९ स्थानीय तहका स्वास्थ्यकर्मीको तलब भत्ता निकासा भएको छ । आइतबार संघीय स्वास्थ्य तथा स्वास्थ्यसमाचारजनसंख्या मन्त्रालयले २ सय ३९ स्थानीय तहका स्वास्थ्यका कर्मचारीको रकम निकासा गरेको हो ।

१ अर्ब ५७ करोड ७७ लाख १९ हजार रुपैयाँ निकासा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी, १० वटा पालिकाको ४ करोड २८ लाख ९५ हजार रुपैयाँ भने स्वीकृत हुने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

समायोजन तथा समायोजन मिलानमा परेका, दरबन्दीभन्दा बढी भएका कतिपय स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब पाएका थिएनन् । विगतका आर्थिक वर्षको बजेटमा दरबन्दीभन्दा बढी रहेका स्वास्थ्यकर्मी र स्तरवृद्धि पछिको तलब भत्ता स्थानीय तहमा नगएका कारण समस्या हुँदै आएको छ ।

आगामी वर्षको बजेटका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा खटिएका सबै स्वास्थ्यकर्मीको तलब भत्ता र स्तरवृद्धिको रकम प्रस्ताव गरेतापनि अर्थ मन्त्रालयले काटेर पहिलेकै बजेट राखिदिएको छ । आगामी वर्ष पनि स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मीहरुको तलब भत्तामा समस्या नसल्टिने भएको छ ।

सम्बन्धित शिर्षक :