मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने पनि बताएका छन् । १९ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४ औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताए ।
उपचारको अभावमा कोही नेपाली मर्नु नपर्ने गरी सरकारले काम गरेको मन्त्री बस्नेतले बताएका छन् । उपचारका लागि खर्च अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने गरी काम भइरहेको बताए । शिक्षा र स्वास्थ्य नैसर्गिक अधिकार भएको भन्दै उनले संविधानमा लेखिएको कुराa निःशुल्क गर्दै जाने बताए ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न सरकारले सहयोग गर्ने मन्त्री बस्नेतको भनाइ थियो । उनले भने, ‘तपाईँहरू अस्पताललाई उत्कृष्ट बनाउनुस् । विस्तारको काममा सरकारले सहयोग गर्छ ।’
बजेट अभाव भयो भनेर पछि हट्ने काम गर्न नहुने उनको भनाइ थियो । सरकाले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न प्रक्रिया सुरु गर्ने भन्दै उनले अहिले गाउँ गाउँमा चिकित्सक पुर्याउने अभियान चलाइएको जानकारी दिए ।
प्रतिकया दिनुहोस्