बाल आहारको गुणस्तर मापदण्ड निर्धारण ,नेपाल राजपत्रमा प्रकाशन

स्वास्थ्यसमाचार/ बाल आहारको गुणस्तर मापदण्ड निर्धारण नेपाल राजपत्रमा प्रकाशन भएको छ। बाल आहारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा र हेलेन केलर ईन्टरनेश्नलको प्राविधिक सहयोगमा तयार पारिएको हो ।

गएको पुष ३ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको मापदण्डलाई नेपाल सरकारले यहि फाल्गुन १ गते नेपाल राजपत्रमा प्रकाशन गरेको हो । यो मापदण्ड कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा र हेलेन केलर ईन्टरनेश्नलको प्राविधिक सहयोगमा तयार पारिएको हो ।

हेलेन केलर ईन्टरनेश्नलका कार्यक्रम अधिकृत बबिता अधिकारी का अनुसार नेपाल राजपत्रको भाग ५ मा अन्नमा आधारित पूरक बाल आहार (Cereal Based Complementary Foods for Infants and Young Children) शिर्षकमा प्रकाशित गुणस्तर मापदण्ड जारी भएको मितिले ६ महिना पछि लागू हुने व्यवस्था रहेको बताउनु भयो ।

अन्नमा आधारित पूरक बाल आहारमा सुख्खा तौलको आधारमा अन्नको मात्रा कम्तिमा २५ प्रतिशत, शक्ति (९भ्लभचनथ म्भलकष्तथ) कम्तिमा ४ किलो क्यालोरी प्रति ग्राम, सोडियमको मात्रा प्रति १०० ग्राममा ३०० मिलीग्राम भन्दा कम हुनुपर्ने र कुनै पनि कृत्रिम रङ्ग तथा अन्य हानिकारक पदार्थ मिसिएको हुनु नहुने जस्ता मापदण्डहरु राखिएको उहाले बताउनु भयो ।

अन्नमा आधारित पूरक बाल आहारको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग, ह्याण्डलिङ्ग, भण्डारण तथा ढुवानीमा स्वच्छता सम्बन्धी मापदण्ड नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोके बमोजिम गर्न र प्याकेजिङ्ग र लेबलिङ्ग सम्बन्धी व्यवस्था अनुसार खाद्य ग्रेडको प्याकेजिङ्ग सामग्रीमा शिलबन्दी गरी प्याक गर्नुपर्ने मापदण्ड रहेको छ।

अन्नमा आधारित पूरक बाल आहारको लेवलमा स्वच्छता र गुणस्तर सम्बन्धी भ्रामक सूचना दिने खालको कुनै प्रकारको चित्र, वाक्य वा शब्दहरु उल्लेख गर्न नपाइने र प्याकेजिङ्ग तथा लेवलिङ्गमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्याकेजिङ्ग तथा लेवलिङ्गसँग नझुक्किने गरि भिन्न किसिमको हुनुपर्ने व्यवस्था पनि गरिएको हेलेन केलर ईन्टरनेश्नलका कार्यक्रम अधिकृत बबिता अधिकारीले बताउनु भयो। ।

सम्बन्धित शिर्षक :