पश्चिम नेपालको सबैको आस्थाको केन्द्रबिन्दमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा दैनीक बिरामीको चाँप थेगी नसक्नु छ । जाडोको समय वा गर्मिको समय दुबै समयमा बिरामीको चाँप उस्तै रहेको छ। गत बर्षदेखी बिश्वमा फैलिएको कोरोना महामारीको अबस्थामा अस्पतालले आफना सेवालाई नरोकि निरन्तर सेवा संञ्चालन गरेको थियो । गत बर्ष भन्दा अहिले अस्पतालका करिब १ सय भन्दा बढी स्वास्थ्यकर्मिहरु कोरोना संक्रमिति हुदा सम्म कुनै सेवा संञ्चालनमा अबरोध नभई नियमिति संञ्चालन भैरहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने र अबका दिनमा बालबालिकाहरु बढी जोखिममा हुने भएकाले सबै अस्पतालहरुलाई बालबालिकाको लागि विशेष उपचार गर्ने बेड तथा वार्डको व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ। कस्तो तयारी गरेको छ।बालबालिकाको लागि पिडिया ट्रिक आइसीयू, नियोनेटल बेडको ब्यवस्थसहित तथा अरु थप आइ सी यू र एचडीयू , तथा आइसोलेसन बेडको व्यवस्थापन कसरी भैरहेको छ । तेस्रो लहरको कोरोना संक्रमणको लागि अस्पतालको उपचारात्मक सेवालाई तयारी अवस्थामा राखिएको छ।
‘तेस्रो लहरको संक्रमणको उपचारात्मक सेवाको पूर्व तयारीका लागि ५० बेडको आइसोलेसन छुट्याएका छौं,’ उनले भने, ‘त्यसमा पेडियाट्रिक आइसीयू १० वटा, अन्य व्यक्तिका लागि २५ वटा आइसीयू र एचडीयू ५० वटा राखेका छौं।’अस्पतालले कोरोना संक्रमितमा हाल देखिएको ब्ल्याक फंगस (म्युकरमाइकोसिस) को उपचार तथा शल्यक्रिया सेवा सञ्चालन गर्न विशेषज्ञ चिकित्सकको टोली समेत बनाएको वनाउने तयारी गरेका छौ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमणको दोस्रो लहरको समयअवधि अर्थात बैशाख १गतेदेखि साउन १८ गते सम्म १ हजार ८६ जना कोरोना संक्रमित भर्ना भएका थिए।ती मध्ये ८सय९० जना निको भएका छन् भने ३३ जनालाई अन्य अस्पतालमा रेफर र १ सय ११ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको थियो। यस्तै अस्पतालले सञ्चालन गरेको फिवर क्लिनिकमा ६सय जनाले स्वास्थ्यजाँच गराएका थिए यस्तै ३० हजार जनाले पीसीआर परीक्षण गराएका थिए ।अस्पतालमा गत साउन महिना देखि यो साउन महिनाको १८ गते सम्म ५८ हजारजनाले पिसीआर परिक्षण गरेका छन ।
कोरोना महामारीमा लुम्बिनी प्रादेशिक अस्पतालले कसरी दियो स्वास्थ्य सेवा?अस्पतालका मेसु डा राजेन्द्र खनालकै भनाइ उनकै शब्दमा सुरुमा हाम्रो लुम्बिनी प्रादेशिक अस्पतालले बुटबलको धागोकारखनालमा कोरोना विशेष अस्पतालमा संञ्चालन गरेका थियौ। कोरोना विशेष अस्पतालमा हामीले कोरोना संक्रमितहरुलाई चाहिने उपचार गर्नका लागि १८ बेडको आइसीयू बनाएका थियौ ।कोरोनाका बिरामीलाई छुट्टै ठाउँमा राखेको भएर होला,पहिलो फेजको कोरोनामा हाम्रो मुख्य अस्पतालमा अन्य बिरामीको चाँप निकै बढेको थियो। त्यतिबेला हामीले जनरल स्वास्थ्य सेवा र कोभिड दुवैको सेवालाई सँगसँगै लैजानुपर्ने अवस्था थियो।
नेपालमा कोरोना संक्रमण देखिएको सुरुवाती अवस्थामा हामीकहाँ कोरोना संक्रमितको चाँप धेरै थिएन। तर केस विस्तारै बढ्दै जान थाल्यो। त्यसपछि हामीले अस्पतालमा नै पहिलो पटक पिसिआर प्रयोगशाला सञ्चालनमा ल्यायौं। अस्पतालमा हाम्रो आफै प्रयोगशाला रहेको छ ।कोभिडका लागि छुट्टै अप्रेसन थिएटर र डायलाइसिस कक्षहरु बनायौं। कोभिड ओटीमा मात्रै ५६ जनाको सिजरिएन सेक्सन भएको थियो
कोभिड र ननकोभिड दुबै सेवालाई सुचारु गर्न चुनौतिपूर्ण कार्य थियो । तर हामीले सेवालाई निरन्तरता दियौं, कुनै दिन पनि कोरोना संक्रमित भेटिए भन्दैमा हामीले आफ्नो नियमित सेवा बन्द गरेनौं , जबकि राजधानीका ठूला अस्पतालका इमर्जेन्सी कक्ष लगायत अन्य वार्ड पनि सिल गरिएको खबर आइराखेको हुन्थ्यो। हामीले सुरक्षा प्रबन्ध गर्दै बैकल्पिक ब्यवस्थापन गरेर सेवा दियौं ।
कोरोना संक्रमणको दोस्रो लहर आएपछि स्वास्थ्य मन्त्रालयले हामीलाई अस्पतालको कुल शय्याको ५० प्रतिशत शय्या कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको थियो। अस्पतालको ओ पी डी सेवा र अप्रेसन सेवा बन्द गर्न भन्यो।लक डाउनको अवस्थामा सबै बिरामी अस्पताल खोज्दै इमर्जेन्सीमा भीड लगाउन सक्ने भएकोले र डाक्टरहरुलाई पनि तम्तयार राखिराख्न सबै ओ पी डी खुला नै राखियो।
डेट लिएका बिरामी अस्पतालमा आउँदा अप्रेशन पनि सुचारु नै गरियो।प्रसव ब्यथामा आउने बिरामी र अन्य नन कोभिड इमर्जेन्सी सेवा दिइराखियो।लुम्बिनी अञ्चका जनताको भरोसाको केन्द्र बिन्दु यो अस्पताल भएकोले हामीले ७० देखि ८० प्रतिशत शय्यामा कोरोना संक्रमितलाई राख्नुपर्ने अवस्था आयो। दोस्रो लहरको कोरोना संक्रमणको समयमा संक्रमितको चाँप अत्याधिक भयो। त्यतिबेला हामीले बिरामीलाई फर्काउने अवस्था पनि थिएन।
उपचारका लागि अस्पतालमा आइपुगेका सबै कोरोना संक्रमितलाई उपचार सेवा दिनुपर्छ भनेर हामीले ट्रायज, अब्जरभेसन र अप्रेसन थिएटरमा समेत बिरामीलाई राखेर उपचार सेवा दियौं।दोस्रो लहरको कोरोना संक्रमण उच्च विन्दुमा पुगेको अवस्थामा हामीलाई अक्सिजन अभावको समस्या सामना गर्नुप¥यो। हाम्रो अस्पतालमा अक्सिजन पलान्ट थियो तर सानो र थोरै उत्तपादन हुने गर्दथ्यो ।हामीले अहिले दुईवटा अक्सिजन प्लान्ट बनाउँदै छौं।अहिले मुख्य अस्पताल परिसरमै २० बेडको आइसीयू संचालनमा ल्याइएको छ। यसो हुंदा हाम्रो मुख्य अस्पतालमै नयाँ आइ सी यू ५५ बेड र एच डी यू ५० गरी १०५ बेड कोभिडको उपचारका लागि उपयोग हुने छ।
साथ साथै धागो कारखानाको अस्थायी संरचनामा बनेको अहिलेको १६ बेड्को आइ सी यू मा छाना चुहिने समस्यालाई समाधान गरेर अस्पतालको आफनो भबनमा २० बेडकोभिड आईसीयु छ ।जसमा पहिलो वेभमा र दोश्रो वेभका धेरै सिकिस्त बिरामिको उपचार भयो।त्यहाँ पनि ३६ बेडको अर्को अक्सिजन पाइप लाइन जोडिएको एच डी यू पनि छ। अझ बिरामीको चाँप बढेमा ती पनि उपयोग हुने गरी तैयारी गर्दैछौं ।विगत एक सातादेखि अस्पतालमा कोरोना संक्रमित निको हुने दर बढेको छ। मृत्युदर कम भएको छ। तर अहिले पनि पुराना बिरामीहरु समस्या भएर फेरि आउने गरेका छन्।
हामीले अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामीलाई घरमै पनि टेलिमेडिसिन सेवामार्फत र होम आइसोलेशनमा हुनेहरूलाई दिइरहेका छौं। त्यसका लागि ४ जना चिकित्सकको टोली खटाएर फोन मार्फत र नेटको उपयोग गरी बिहान र बेलुका फोन गरेर घरमै रहेका बिरामीलाई पनि निगरानी गर्ने काम गरेका छौं।१४ दिनसम्म निरन्तर निगरानी गरेपछि बिरामीलाई कुनै स्वास्थ्य समस्या देखिए जानकारी गराउनुस् भन्ने गरेका छौं।
जनशक्तिको कुरा गर्नुपर्दा हामीसँग एनेस्थेसियाका चिकित्सक ४ जना हुनुहुन्छ, मेडिसिनका ३ जना हुनुहुन्छ। यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हामीलाई आइसीयू सञ्चालन गर्नका लागि २ जना नर्सहरु तीन महिनादेखि सहयोग गर्नुभएको छ।
उहाँहरुले हाम्रा नर्सहरुलाई एक महिनादेखि तालिम दिइरहनु भएको छ।दोश्रोे लहरको संक्रमण देखिन थालेपछि केही चिकित्सक तथा नर्सहरु थप पनि गरेका थियौं। यस्तै, फार्मेसी तथा प्रयोगशालाहरुमा पनि आवश्यकता अनुसार जनशक्तिको व्यवस्थापन गरेका छौं।अहिलेलाई हामीसँग जनशक्तिको समस्या छैन। तर, बिरामीको चाँप बढ्दा धेरै स्टाफ चाहिन्छ। मुख्य अस्पतालको ५५ बेड क्षमताको आइ सी यू चलाउन एक शिफ्टमा मात्रै ५५ जना स्टाफ नर्स, धागो कारखानाको १६ बेडको आई सी यू लाई १६ गरी ७१ जना चाहिने हुन्छ।
त्यसको ४ गुणा शिफ्ट ड्युटी गर्ने गरी २ सय ८४ जना नर्स चाहिए, एच डी यू मा पनि गुणस्तरीय सेवा दिने हो भने १०० बेडको लागि करिब ५० जना एक शिफ्ट र जम्मा शिफ्ट्मा २०० अरु नर्स चाहिन्छन। तपाईं नै सोंच्नुस, अहिले प्रदेश सरकारबाट अस्थायी करार स्विकृत ७१ जना त एकै शिफ्ट्को ड्युटीमा सिध्दिन्छन, अहिले पनि नपुगलाई अस्पताल बिकास समितिबाट काममा लगाइएको छ।
त्यसैगरी डाक्टर , सफाइकर्मी, सुरक्षा गार्ड, ड्राइभर र अन्य सहयोगी चाहिने हुन्छ।तलब सुबिधामा धेरै खर्च हुन्छ, त्यसरी नै सुरक्षा सामग्री पी पी ई मा पनि। यो सबैमा सरकारको ध्यान बेलैमा जानुपर्छ। निर्देशनले मात्र हुन्न, बजेटको सुनिश्चितता ,सुरक्षाको ब्यवस्था र यस्तो बिषम परिष्थितिमा काम गर्ने लाई हौसला पनि चाहिन्छ।स्वास्थ्यकर्मी थाकेका जस्ता देखिन्छन, उनीहरूको उर्जा महामारी पार नलागुन्जेल कायमै राख्नु पर्ने चुनौति छ।सबैले साथ दिनुपर्छ। लुम्बिनी प्रादेशिक कोरोना संक्रमितको उपचारमा खटिएका सबै कर्मचारीले कोभिड भत्ता पाएका छैनन ।
स्वास्थ्य मन्त्रालयले बेडहरुको थप गर्न निर्देशन दिँदा, बेड थप गर्न भवन आवश्यक पर्ने भएकाले त्यसको लागि पनि बजेटको व्यवस्थापन गरिदिए हामीलाई सहज हुने थियो। भएका भवनमा आइ सी यू र एच डी यू कक्षहरु बनाउंदा त्यहाँ सम्म पुग्न सजिलो हुने गरी बाटो, कोभिड बिरामीलाई छुट्टै प्रबेसको बाटो बनाउन माथिल्लो तलामा जान ठाउ चाहियो, भित्र तिर टोइलेट, बाथ रुम बनाउन , पार्टिशन गर्न तोकिएको शिर्षकभन्दा सिभिल वर्कको लागि छुट्टै खर्च चाहिन्छ।
यो पनि अस्पतालको ठाउँ बिशेषमा फरक फरक हुन सक्छ, यो कुरा संघीय मन्त्रालयले बुझ्नु जरुरी छ।नपुगेको खर्च प्रादेशिक मन्त्रालयले ब्यवस्था गरिदिनुपर्छ। कतिपय ठाउँमा बजेट सुनिश्चितता त भयो, कामै शुरु गर्न शुरशार छैन रे, कति आनन्द! हामीलाई त बिरामीको माया लागेर पनि होला, केही त गरौ भनेर अगाडि बढेका छौँ ।
कतिपय ठाउँमा अक्सिजन पाइपलाइन जोड्न समस्या हुन्छ। त्यसैले मर्मत सम्भार लगायतका कार्यमा पनि बजेट व्यवस्थापन भए राम्रो हुने थियो।फिवर क्लिनिक सञ्चालन गरिएको स्थानमा पनि जाडोयाममा जस्तो सहज अहिले छैन। बर्खाको समय छ, टिनको छाना नै भएपनि बनाउनै पर्छ । यस्ता कुरामा पनि खर्च भइरहेको हुन्छ।स्वास्थ्य मन्त्रालयले अत्यावश्यक विषयहरु के छन् केके समस्या छन् सोधेर ती समस्याको समाधानको लागि पनि सहयोग गर्न आवश्यक छ। हामी तेस्रो लहरको कोरोना संक्रमणको लागि पनि उपचारात्मक सेवा दिन तयारी अवस्थामा छौं।
प्रतिकया दिनुहोस्