सैनामैनाको कोरोना अस्पताललाई हेरफरको २६लाख ५० हजार सहयोग

स्वास्थ्यसमाचार/हेफर इन्टरनेशनल नेपालले सैनामैना नगरपालिकाको कोरोना अस्पताल व्यवस्थापनको लागी रु २६ लाख ५० हजार सहयोग रकम उपलब्ध गराएको छ ।

आज सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीलाई हेफरको तर्फबाट अनन्तराज सिलवाल सहितको टोलीले उक्त रकम हस्तान्तरण गरेका हुन।

सहयोग रकम बुझ्दै सैनामैनाका नगर प्रमुख कार्कीले ठुलो धनराशीको सहयोग उपलब्ध गराएकोमा हेफरलाई समग्र नगरपालिका र नगरबासीको तर्फबाट धन्यवाद ब्यक्त गरे । हेफर लगायत अन्य संघ संस्थाबाट प्राप्त सहयोग रकमले सैनामैनामा संचालित कोरोना अस्पताल अब छिटै नै सुबिधा सम्पन्न अस्पतालको रुपमा संचालनमा आउने समेत कार्कीले वताए ।

उक्त रकम हस्तान्तण कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी हेफरका प्रतिनिधी लगायको सहभागी रहेको थियो ।

सम्बन्धित शिर्षक :