रक्षा आयुर्वेदिक औषधालयद्धारा १सय २४ जनाको निशुल्क स्वास्थ्य परिक्षण

चारलाख बढीको निशुल्क औषधी बितरण

बिन्दु भट्टराई

स्वास्थ्यसमाचार/ छपियाका पुर्ण भुसाल लाई लामो समयदेखि हाडजोर्नीको समस्या थियो उपचारका लागि धेरै रकम खर्च गरे धेरै ठाउंमा धाए तर रोग २० को १९ भएन । पौस २५ गते रक्षा आयुर्वेद औषधालयको १३ औं बार्षिक जन्मउत्सवको अवसरमा एक दिने स्वास्थ्य शिविर मणिग्राममा भेटिएका उनी अव आयुर्वैेदिक औषधिको प्रयोगबाटै आफु रोगबाट मुक्त हुनेमा ढुक्क भएको बताए ।

त्यस्तै तिलोत्तमाका मणि भण्डारी विगत केहि समयदेखि सुगर समस्याबाट गुज्रिएका थिए । उनी निरन्तर आयुर्वेद औषधि सेवन गर्दै आएको बताए । औषधि सेवनबाट केहि आराम मिलेको समेत उनले बताए । बिशेषत पाईल्सको समस्या समाधानमा आयुर्वैदिक औषधिको प्रयोग उपयोगि हुने आयुर्वेद बिशेषज्ञहरुले दावी गर्छन् ।

पाईल्सको उपचार गर्न आएकि तिलोत्तमा १ का गंगा गैरेले आयुर्वेदिक उपचार पद्धतीबाट निको हुने थाहा पाएर आएको बताईन् । उनले निशुल्क स्वास्थ्य शिविर राखेर रक्षा आयुर्वेद औषधालयले राम्रो काम गरेको भन्दै औषधालयलाई धन्यवाद दिईन् ।

आयुर्वेदको महत्व र बिशेषता बुझाउने र घरघरमा रोगिलाई निरोगि र निरोगिलाई रोग लाग्न नदिने उद्धेश्यका साथ बिगत लामो समयदेखि सेवा दिदै आएको आयुर्वेद औषधालयले यस क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुको स्वास्थ्यमा ध्यान दिदै शिविर संञ्चालन गरिएको रक्षा आयुर्बेदका संञ्चालक शालिगराम भुसालले बताए ।

तिलोत्तमा नगरपालिका १ की ९२ बर्षिय बृद्ध पवित्रा पाण्डेको स्वास्थ्य जांच बाट शुरु गरिएको शिविरमा ५ बर्षका बच्चा दैखि ९३ वर्षका बृद्धसम्मले जाच गराएको भुसालले बताए । उनले आगामि दिनमा पनि थप सेवा बिस्तार गर्दै अगाडि बढ्ने बताए । चार लाख बरावरको निशुल्क औषधि वितराण गरिएको शिविरमा हाड जोर्नी , दम निमोनिया,पेट, पाईल्स को समस्या लिएर आउनेको संख्या बढि थियो ।

बिशेषगरी रुपन्देही,गुल्मी,अर्घाखांची,कपिलबस्तु स्याङजा, बाग्लुङ, नेपालगंज लगायतका ठांउबाट स्वास्थ्य जांच गर्न आएको भुसालले बताए । नयां समस्या भन्दा पनि पुरानो समस्या लिएर आउनेको संख्या बढि भएको संञ्चालक भुसालले जानकारी दिए ।डा. रमेश केशीले सहजीकरण गरेको कार्यक्रममा १सय २४ जनाले सेवा लिएका थिए ।संञ्चालक भुसालले  शिबिर लाई प्रतक्ष्य तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने ग्रेस,सिद्ध ,हिमालय निम, लगाय कम्पनी हरुलाइ हार्दिक धन्यवाद दिएका छन। ।

 

सम्बन्धित शिर्षक :