पुष २० गते भैरहवामा रक्तदान कार्यक्रम आयोजना हुने

गोकर्ण प्रकास ज्ञवाली, पुष १५, रुपन्देही । आगामी पुष २० गते नेपाल स्वंयसेवी रक्तदाता समाज, ओमसतिया शाखा रुपन्देहीले भैरहवामा विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको  जनाएको छ ।

नेपाल स्वंयसेवी रक्तदाता समाज रुपन्देहीका सदस्य हरिप्रसाद ज्ञवालीले आफ्नो संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न हुने जानकारी गराएका छन् ।

ज्ञवालीले यस अघि आफ्नै संयोजकत्वमा बुटवलमा आयोजित समाजको ९३औं रक्तदान कार्यक्रममा १ सय ३५ युनिट रगत संकलन गर्न सफल भएको पनि बताए ।

ज्ञवालीले भैरहवामा आयोजना हुने कार्यक्रमको प्रायोजन भैरहवाका एक मेडिकल व्यावसायी सुरज उपाध्यायले गर्ने पनि बताए । उपाध्यायले आफ्नो जन्मदिन विशेष पारेर कर्याक्रमको प्रायोजन गरेको पनि उनले बताए ।

ज्ञवालीले रक्तदान कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गर्दै भैरहवा आसपासबाट रक्तदानमा सहभागी हुन चाहनेहरुको लागी यातायातको व्यवस्था समेत गरिएको जानकारी गराए ।

ज्ञवालीले यातायातको सुविधा चाहनेले भिष्म के.सी. मोवाईल नं. ९८५७०२९४५०, गिरिजा शाही ठकुरी मोवाईल नं. ९८५७०४९७००, सुरज उपाध्याय मोवाईल नं. ९८०७४४२६०६ र आफ्नोे मोवाईल नं. ९८५७०२३५८४ मा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।

सम्बन्धित शिर्षक :