स्वास्थ्यसमाचार/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार साँझ उनले मन्त्रिपरिषद्मा केही नयाँ मन्त्रीहरु थपेका हुन्। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रालय परिवर्तन गरिएको छ। उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पुगेका छन् ।
कोरोना महामारी सुरु भएसँगै त्यससँग जुध्न सही रणनीति बनाउन नसकेको भन्दै आलोचना खेपेका उनी स्वास्थ्य सामग्री खरिद प्रक्रिया भएको भनिएको अनियमिततामा मुछिएका छन्।
पुनर्गठित मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए।
प्रतिकया दिनुहोस्