रगत नपाए बुटवल जानू : रुपन्देहीमा २ सय युनिट रगत संकलन

बुटवलमा ९९ युनिट र देवदह खैरेनीमा १ सय १ युनिट रगत संकलन

गोकर्ण प्रकास ज्ञवाली, मंसिर २७, रुपन्देही । प्रत्येक स्वस्थ युवायुवतीले आफ्नो १८औं वर्षको वार्षिकोत्सव रक्तदान गरेर मनाऔं भन्ने मूल नाराको साथ बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रगत नपाए बुटवल जानू अभियानलाई आत्मसाथ गर्दै गठन भएको रुपन्देहीको नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिवार रक्तसञ्चार केन्द्र(ब्लड बैंक) बुटवलमा आफ्नो ९३औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
लिम्घा रुपन्देही सम्पर्क समाजको सहआयोजना र बुटवल ४ का टंकप्रसाद ज्ञवाली एवं पावर्ता ज्ञवालीको सौजन्यमा संचालन गरिएको उक्त कार्यक्रममा ९९ युनिट ब्लड संकलन भएको रक्तदाता समाजका सदस्य एवं कार्यक्रमका संयोजक हरिप्रसाद ज्ञवालीले बताए ।
त्यस्तै उक्त समाजको देवदह नगर शाखाले पनि विभिन्न संघसंस्थाको सहयोगमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजका आजिवन सदस्य स्व. निरज ढकालको १३औं पुण्यस्मृतिमा आयोजित उक्त कार्यक्रममा १ सय १ युनिट ब्लड संकलन भएको पनि ज्ञवालीले बताए ।
कार्यक्रममा देवदहका विभिन्न संघसंस्थाका पदाधिकारीहरु, निरजका घरपरिवार, आफन्तजन, ईष्टमित्र एवं स्थानीयवासीहरुले पनि रक्तदान गरेको ज्ञवालीले बताए ।
स्व. निरज ढकालका पिता गोपाल ढकाल देवदहको वासीको लागी रगतको पर्यायवाची मानिन्छन् । सधै रगत संकलनमा सक्रिय रहने ढकालले आज आफ्नो छोराको अकल्पनीय निधनको शोकलाई शक्तिमा बदल्दै नेपालमै नमूना वृहत रक्तदानको रुपमा कार्यक्रमलाई सम्पन्न गरेका छन् ।

सम्बन्धित शिर्षक :