स्वास्थ्य क्षेत्रका २३ संगठनका १८ बुँदे माग भोलीसम्म पुरा गर्ला सरकार

माग सम्बोधन नभए संयुक्त आन्दोलनको तयारी

स्वास्थ्यसमाचार/ स्वास्थ्य क्षेत्रका विभिन्न २३ संगठनले संयुक्त आन्दोलनको तयारी सुरु गरेको छ । आफ्ना मागहरु प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै सुनुवाई नगरेको भन्दै संघले आन्दोलनको तयारी थालेको हेल्थ असिस्टेन्ट संघ नेपाल हान का अध्यक्ष दाता राम अधिकारीले बताए ।

उनले स्वास्थ्य कार्यालय काठमाडौंमा भएको उपत्यका स्तरीय अगुवा स्वास्थ्यकर्मीहरुको भेलाले माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने निर्णय गरिएको बताए । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सरकारले बेवास्ता गरेको भन्दै उनले कोरोना नियन्त्रण लगायत स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्य मन्त्रालय चुकेकोमा आपत्ति जनाए ।

अधिकारीले विभिन्न २३ वटा स्वास्थ्य संगठन मिलेर संयुक्त रुपमा आन्दोलन गर्ने उल्लेख गर्दै आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने पनि बताए । यसअघि स्वास्थ्य क्षेत्रका २३ वटा पेशागतसंघ संगठनले १८ बुँदे माग राख्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । मन्त्रालय सामु विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै संगठनहरुले २१ दिने अल्टिमेटम दिएका थिए । २१ दिने अल्टिमेटम भोलि सकिँदैछ ।

कोभिड लगायत जनताको अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आईसीयू, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन् ।

सम्बन्धित शिर्षक :