एन्फा आइसोलेसन संक्रमितहरुलाई आवश्यक पर्ने सामाग्री सहयोग

स्वास्थ्यसमाचार /बुटवल स्थीत एन्फा आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्ने सामाग्रीहरु विभिन्न ब्यक्तित्वहरु तथा सामाजीक सस्थाहरुले सहयोग गरेका छन ।आइसोलेसन केन्द्रमा योग शिक्षा प्रदान गर्दै आएका विष्णुहरि आचार्य योगीराज ले पछिल्ला दिनहरुमा विभिन्न निकायबाट सहयोग जुट्दै गएको बताउछन ।

आचार्यले कोरोना संक्रमितको मनोवल बढाउन योग अभियानलाई निकै महत्व दिएका छन । पछिल्ला दिनहरुमा योगसहितका कार्यक्रमलाई स्थानिय तहहरुले पनि महत्वका साथ लिएका छन ।

कोरोना संक्रमित राखिएको बुटवलको एन्फा आइसोलेसन केन्द्रमा कोरोना संक्रमित भएर केन्द्रमा पुगेका नेकपाका स्थानिय नेता समेत रहेका दीपक पन्थीले पनि सामान जुटाउन समन्वय गरेका थिए । योगप्रशिक्षक आचार्य र पन्थीको समन्वयमा यहा केही सामाग्री थपिएका छन ।

आइसोलेसनमा वडा अध्यक्ष रामचन्द्र क्षेत्रीसहित स्थानिय जनप्रतिनिधिहरुले महत्वपूर्ण भुमिका खेलेको आचार्य बताउछन । आइसोलेसन केन्द्रमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, वडा अध्यक्ष रामचन्द्र क्षेत्री, उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहलगायतका ब्यक्तित्वहरु समय समयमा आयसोलेसन केन्द्रमा पुग्ने गर्दछन ।

आइसोलेसनमा बुटवलका रमेशकुमार जोसीले पानी तताउने केतलि तथा मास्क प्रदान गरेका छन । उनले करिव १० हजार बराबरका सामाग्री उपलब्ध गराएका छन । आचार्यका अनुसार बुटवलकै नरेश केसीले १७ हजार बराबरका खाद्य सामाग्री प्रदान गरेका छन ।

त्यस्तै रोटरी क्लव अफ डाउन टाउनले ले महिलाहरुको बसाइ सहज बनाउन आवश्यक सामाग्री प्रदान गरेको छ । झण्डै ५० हजार बराबरका सामाग्री उपलब्ध गराएको आचार्यले बताए । त्यस्तै लायन्स क्लव देउरालीले ३० थान योग म्याट प्रदान गरेको छ ।

लायन्स चौतरीले प्लाष्टिक बाल्टीसहितका सामाग्री उपलब्ध गराएको छ । लायन्स स्टार र लायन्स संसारले १६ थान कुर्ची , १६ डसविन उपलब्ध गराएको छ । लायन्स बेलवास सिर्जनसिलले ४० डिब्बा च्यावनप्रास, रुरु मिलन केन्द्र नेपालले ४० डिब्बका अश्वगन्ध प्रदान गरेको छ ।

त्यस्तै सिद्ध फमुलेशन प्रालिले शिद्ध मोल प्रदान गरेको छ । शिद्ध मोलले राग प्रतिरोधक क्षमता बढाउने काम गर्दछ । यस अघि विभिन्न क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरमा विभिन्न औषधीहरु वितरण गरिएको थियो ।आयुर्वेद औषधी उत्पादक कम्पनी सिद्ध फमुलेशन प्रालिबाट झण्डै एक लाख बराबरको आयुर्वेद्धिक औषधी जन्य सामाग्री प्राप्त भएको र सो वितरण गरिएको थियो ।

त्यस्तै गोर्खा आयुर्वेद प्रालि, जनता आयुर्वेद भवन तथा केयर हर्बल प्रालि, पशुपति अन्नपूर्ण आश्रम प्रदेश ५, जी २५ क्लव बुटवललगायतबाट झण्डै २ लाखका औषधी प्राप्त भएको र ती वितरण गरिएको योगप्रशिक्षक आचार्यले बताए । वितरण गरिएका च्यावनप्रास, जडिवुटि चियालगायतले मानिसमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रण तथा व्यवस्थापन निर्देशिका अनुसार अश्वगन्धा पाउडर, मुलेठी पाउडर, गुडुची चिया, त्रिकटु चूर्ण तथा च्यावनप्रास लगायतका औषधी क्वारेन्टाइन तथा आइसोलेसनहरुमा वितरण गरिएको थियो । आयुर्वेद पद्धतिलाई विशेष जोड दिए अनुसार प्रतिफल आएको योग प्रशिक्षक आचार्यको भनाइ छ ।

आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनहरुमा बस्नेहरुलाई विहानै योग गर्नुपर्छ भन्ने शिक्षाले उनीहरुको दैनिकीमा सकरात्मक प्रभाव पारेको र शरिर स्वस्थ्य राख्न मद्दत मिलेको उनको भनाइ छ । उनी भन्छ,–आयसोलेसन सेन्टर तथा क्वारेन्टाइनमा बसेकाहरुलाई योग शिक्षाले तनाव मुक्त बनाउनेदेखि सहज रुपमा दिन विताउन मद्दत मिल्छ । आचार्यले योगलाई शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइने बताउछन ।

मानिसलार्ई निरोगी, स्वस्थ्य राख्न योगको महत्व बढी हुने बताउदै भन्छन,– अहिलेको महामारीमा जोसुकैले पनि योग अभ्यास गर्दा राम्रो हुने भएकाले आइसोलेसनमा योग अभ्यास प्रभावकारी भएकोे छ । मस्तिष्कको स्वास्थ्यका लागि योग एक प्राकृतिक औषधि मानिन्छ, योगले शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउछ । योग प्रशिक्षकका क्रममा नाचगानसहित विभिन्न योग आसन तथा ध्यान विधिबारे सिकाइएको छ ।

सम्बन्धित शिर्षक :