लुम्बिनी प्रादेशिक अस्पतालका कर्मचारी, बोक्न आफ्नै २ बस संञ्चालन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले डाक्टर नर्स र कर्मचारी, बोक्न दुई वटा गाडी सञ्चालनमा ल्याएको छ।अस्पतालका कर्मचारीलाई वोक्न सुनवल, भैरहवा र सालझण्डी तीन ठाउँबाट ल्याउन र पुर्याउन दुई वटा गाडी सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।

 

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले लकडाउनका कारण सार्वजनिक यातायात नचल्दा टाढाबाट आउने कर्मचारीले सास्ती भोग्दै आएपछि अस्पताले दिर्घकालिन समाधानको लागी अस्पतालले २ बटा बस खरिद गरि संञ्चालनमा ल्याएको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले ६२ लाख रुपैयाँमा दुई वटा गाडी खरिद गरी आजबाट सञ्चालनमा ल्याइएको बताए। अस्पतालले स्वास्थ्यकर्मीर कर्मचारी लाई अस्पताल ल्याउन र घरसम्म पुर्याउनका लागि सहज हुने बताए ।

हाल लुम्बिनी प्रादेशिक अस्पतालमा ६ सयबढी कर्मचारी कार्यरत रहेको वताउदै अस्पतालकी नर्सिङ इन्चार्ज ज्योति पौडेलले गाडी सञ्चालनमा आएपछि डाक्टर नर्स र कर्मचारी सबैलाई सहज हुने बताईन ।

सम्बन्धित शिर्षक :