स्वास्थ्यकर्मिलाई लालबाबुले भने बिधि र प्रकृयाका धारमा समस्या समाधान

स्वास्थ्यसमाचार
वाकेका स्वास्थ्यकर्मीहरुले समान्य प्रशासन मन्त्री लालबाबु पंडितलाईभेटेर समायोजनमा भएको त्रुटीलाई सच्चाउन माग गरेका छन ।

हुम्लामा भएको कार्यक्रममा सहभागी भै नेपाल गञ्जआएको मौका पारेर समान्य प्रशासन मन्त्री समक्ष नेपाल गन्जका स्वास्थ्यकर्मीले समायोजनमा मर्का परेको बताए ।

बिभिन्न स्वास्थ्य संघ संगठन,हेल्थ असिष्टेन्ट संघ लगायतले समायोजन सच्चाउन माग गरेका छन । सबैका गुनासा सुनेपछि समान्य प्रशासन मन्त्री लालबाबु पन्डिलले भने बिधि र प्रकृयाका धारमा समस्या समाधान हुने बताए ।

स्वास्थ्यकर्मिहरुले समायोजनमा परेको मर्का सम्बोधन नभए आन्दोलन गर्ने चेताबनी दिएको हेल्थ असिष्टेन्ट संघ नेपालगञ्जका अध्यक्ष केसब बहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :