महामारी फैलिदा बजेट प्रदेश र स्थानियमा छ भनेर संघिय सरकार उम्कन मिल्दैन

मिनराज पन्थी उप महासचिब नेपाल स्वास्थ्यकर्मि संघ

आज विश्वका हरेक मानिसको ध्यान कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भन्ने तिर केन्द्रित छ। अहिलेको भयाबह परिस्थितिमा नेपाल जस्तो विकासोन्मुख देशका लागि यो कोरोना भाइरस ठुलो चुनौतिको बिषय हो। यो विषम परिस्थितिमा नेपालीले संयम अपनाउने र राज्यले बनाएका नीति नियमहरुलाई पालना गर्नुको विकल्प छैन।

यसका लागि सबै नेपालीहरु राज्यले बनाएका नीति नियमहरु प्रति सचेत हुन् आवश्यक छ।स्वास्थ्य कर्मि हरूले काम गर्दा न्युनतम सुरक्षाका सामाग्रीहरु पिपीई मात्र नभई मास्क पनि प्रयाप्त मात्रामा उपलव्ध गराउनु आबश्यक रहेको छ ।

अर्कोतर्फ सरकारले जोखिममा काम गरे बापत उपलब्ध गराउने जोखिम भत्ता सम्पुर्ण स्वास्थ्यकर्मिहरूले पाउनु पर्दछ । जसरि अहिले हेल्थ डेस्कमा कम स्वास्थ्य कर्मिहरू परिचालन गरि काम गर्न गार्हो परेकोछ र त्यस्तो ठाउमा तुरून्त अन्य स्वास्थ्य कर्मि हरूलाइ उपयुक्त तालिम दिएर वा नयाँ भोलेन्टियर खटाएर उत्त कामलाइ सहज बनाउनु पर्यो । संघिय सरकार होस या स्थानिय वा प्रदेश, जुनसुकै सरकारले नयाँ भर्ना गरेको स्वास्थ्यकर्मिहरूलाई पनि जोखिममा भत्ता र बिमाको व्यवस्था गर्नु पर्दछ ।

चाहे त्यो सरकारि स्वास्थ्य सँस्था हेल्थपोस्ट देखि केन्द्रिय अस्पताल होस वा निजि क्लिनिक अस्पताल वा मेडिकल कलेज सम्पुर्ण स्वास्थ्यकर्मिहरूले जोखिमै काम गरेका छन ।

जसरि सम्पुर्ण बिरामिलाइ रोगको लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य सँस्थामा सम्पर्क गर्नु भनेर विज्ञापन मार्फत जानकारि गराएको हुन्छ त्यसै अनुसार बिरामि अस्पताल पुग्नु पहिला अफ्नो नजिकको हेल्थपोस्ट वा निजि क्लिनिकमा पुगेको हुन्छ ।

त्यसैले सम्पुर्ण स्वास्थ्यसँस्थामा काम गर्ने स्वास्थ्य कर्मि हरू उत्तिकै जोखिममा काम गरेका छन र उनिहरूले कुनै पनि तालिम जस्तै इमर्जेन्सी नमुना सङ्कलन, सक्रिटिकल केयर युनिट आदि कुनै पनि तालिम बिना जोखिममा काम गरेका छन ।

त्यसैले यस्तो जटिल परिस्थितिमा सम्पुर्ण स्वास्थ्य कर्मि हरूलाई उच्च मनोबलका साथ काममा लगाउनु पर्दछ । जसरि स्वास्थ्यकर्मिहरूले जोखिम काम गरे वापत पाउने भत्ताको जानकारि समयमै दिनुपर्दछ । यदि कुनै स्वास्थ्य कर्मि बिरामि परेमा तलब सहितको बिदा उपलब्ध गराउने राज्यको दायित्व हो ।

यदि कुनै काम गर्दा स्वास्थ्यकर्मिहरूले जोखिम ठान्दछन भने उत्त काम नगर्ने अधिकार स्वास्थ्यकर्मिहरूमा हुनुपर्छ । देशमा ठुलो महामारि फैलदा सँघिय सरकारले नेतृत्व गरेर अघि बढ्नु पर्छ । न कि बजेट प्रदेश सरकार र स्थानिय तहमा छ भनेर काममा ढिलाइ गर्नुहुँँदैन ।

सम्बन्धित शिर्षक :