तिलोत्तमाका विभिन्न स्थानमा डिस-इन्फेक्सन स्प्रे छर्कियो

बढी भिडभाड हुने ठाउमा मात्र स्प्रे

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले नगरका स्वास्थ्य संस्था, नगरपालिका कार्यालय र क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे गरेको छ ।

हाल मानिसको चहलपहल बढी हुने स्वास्थ्य संस्थामा पहिलो चरणमा किटनाशक औषधि छरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

लकडाउनका कारण हाल वडा कार्यालयहरुमा सेवाग्राहीको उल्लेख्य उपस्थित छैन । कोरोना संक्रमण जोखिम पूर्वतयारीका लागि नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीको दिनहुँ उपस्थिति हुने गरेको छ । यस्तै शंकरनगर दुर्गादत्त माविमा स्थापना गरिएको क्वारेन्टाइनमा हाल २७ जना छन् ।

पहिलो चरणमा यिनै क्षेत्रलाई लक्षित गरी डिसइन्फेक्सन स्प्रे गरिएको नगर प्रमुखका स्वकीय सचिव विष्णु अर्यालले जानकारी दिए । शनिबार शंकरनगर स्वास्थ्य चौकी, क्वारेन्टाइन र नगरपालिका कार्यालयमा डिसइन्फेक्सन स्प्रे गरिएको छ ।

बाँकी स्थानमा भोली यो कार्य गरिने उनले जानकारी दिए । इन्टिभाइरल फ्युनिकेशनलाई निरन्तरता दिइने स्वास्थ्य शाखामा कार्यरत थानेश्वर बस्यालले बताए ।

सम्बन्धित शिर्षक :