पाँचौ कोरोना संक्रमित १९ वर्षीया किशोरी बागलुङकी

दोस्रो र पाँचौं कोरोना संक्रमित एउटै प्लेनमा नेपालआएका रहेछन

स्वास्थ्यसमाचार / काठमाडौं उपत्यका बाहिर फेरि एक जनामा कोभिड–१९ पोजेटिभ भेटिएको छ । गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुंग की १९ वर्षीया किशोरीमा कोरोना पोजेटिभ भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा  विकास देवकोटाले नियमित्र प्रेस बिफ्रिङ गर्दै शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा ती किशोरीमा कोरोना पोजेटिभ पाइएको बताए ।

उनी कतारबाट क्यू ६५२ फ्लाइटबाट नेपाल आएकी र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा। देवकोटाले जानकारी गराए । योसँगै नेपालमा नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । कोरोना भाइरसको संक्रमण देखिएका दुई जना एउटै बिमानबाट नेपाल आएको देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ संक्रमित र दोस्रो संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए। उनीहरु दुबै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका थिए ।पाँचौ संक्रमित बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् भने दोस्रो संक्रमित फ्रान्सबाट कतार हुँदै आएकी थिइन्।

काठमाडौंकी १९ वर्षीया युवती दोस्रो संक्रमित थिइन्। पाँचौ संक्रमित भने बागलुङकी युवती हुन्। उनीहरु दुबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

यस्तै काठमाडौं उपत्यका बाहिर शनिवारबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिँदै उनले नेपालगञ्ज, हेटौँडा, पोखरा लगायतका स्थानमापनि कोरोना परीक्षणका लागि ल्याब बनाउने विषयमा छलफल भइरहेको बताए ।

यसैबीच नेपाल उद्योग परिसंघले सरकारलाई ७५ हजार सर्जिकल मास्क र एक सय थान पीपीई उपलब्ध गराएको छ भने एकिकृत व्यापार कम्पनी प्रालिले पनि ४० थान पीपीई सरकालाई उपलब्ध गराएको उनले जानकारी दिए ।

सम्बन्धित शिर्षक :